जिम्मेवारी र माया बिचको सङ्घर्ष झल्काउने ‘परिबन्ध’ गीत
शुक्रबार, १२ वैशाख २०८२, १९ : १७
काठमाडौँ । सुरेन गौतमको शब्द तथा स्वर, कल्याण सिंहको संगीत रहेको मर्मस्पर्शी गीत ‘परिबन्ध’ को भिडियो सार्वजनिक गरिएको छ ।
भिडियोले प्रेम र जिम्मेवारीबिचको द्वन्द्वलाई निकै गहिरो तरिकाले प्रस्तुत छ । सकु शाह र लोमस शर्मा अभिनीत भिडियोको निर्देशन पिटर गुरुङले गरेका हुन् ।
भिडियोको कथा देव र काव्या नामक दुई पात्रको दुःखद प्रेम यात्रामा केन्द्रित छ, जसको सुरुवात विद्यालय जीवनदेखि हुन्छ । एक अर्कामा गहिरो माया राख्ने उनीहरू भविष्यको सुनौलो सपना बाँड्छन्, तर जीवनको कठोर यथार्थले उनीहरूलाई बेग्ला दिशातर्फ डोर्याउँछ ।
गीतको भिडियो राज पोखरेलले छायाङ्कन गरेका हुन् भने सम्पादन विष्णुहरि तिमल्सेनाको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण