एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा
काठमाडौँ । तेस्रो संस्करणको एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबीच अहिले प्रतिस्पर्धा जारी छ । दशरथ रंगशालामा भइरहेको फाइनल खेलको पहिलो हाफ ललितपुरले २ गोल गरेको छ भने पोखराले १ गोल गरेको छ। फाइनल खेलमा दर्शकको उल्लेख्य उपस्थिति छ ।
लिग चरणमा अपराजित रहेको ललितपुरले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई हराउँदै लगातार दोस्रो सिजन फाइनलमा स्थान बनाउन सफल भएको थियो । टोलीले ६ खेलमध्ये ३ मा जित र ३ मा बराबरी खेलेको थियो ।
उता, पोखरा थन्डर्सले भने दोस्रो क्वालिफायरमा धनगढीलाई नै स्तब्ध बनाउँदै फाइनलको यात्रा तय गरेको थियो । पोखराले लिग चरणमा खेलिएका ६ मध्ये २ खेलमा जित, २ खेलमा बराबरी र २ खेलमा हार बेहोरेको थियो ।
हालसम्म प्रतियोगितामा पोखराले ललितपुरलाई हराउन सकेको छैन । दुई टोली लिगमा अहिलेसम्म ४ पटक आमनेसामने भएका छन् । यसमध्ये दुई खेलमा ललितपुर एफसी विजयी भएको थियो भने २ खेल बराबरीमा टुंगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण