एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबिच प्रतिस्पर्धा
_icxyPHXAIq.jpg)
काठमाडौँ । तेस्रो संस्करणको एनएसएल उपाधिका लागि ललितपुर एफसी र पोखरा थण्डर्सबीच अहिले प्रतिस्पर्धा जारी छ । दशरथ रंगशालामा भइरहेको फाइनल खेलको पहिलो हाफ ललितपुरले २ गोल गरेको छ भने पोखराले १ गोल गरेको छ। फाइनल खेलमा दर्शकको उल्लेख्य उपस्थिति छ ।
लिग चरणमा अपराजित रहेको ललितपुरले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई हराउँदै लगातार दोस्रो सिजन फाइनलमा स्थान बनाउन सफल भएको थियो । टोलीले ६ खेलमध्ये ३ मा जित र ३ मा बराबरी खेलेको थियो ।
उता, पोखरा थन्डर्सले भने दोस्रो क्वालिफायरमा धनगढीलाई नै स्तब्ध बनाउँदै फाइनलको यात्रा तय गरेको थियो । पोखराले लिग चरणमा खेलिएका ६ मध्ये २ खेलमा जित, २ खेलमा बराबरी र २ खेलमा हार बेहोरेको थियो ।
हालसम्म प्रतियोगितामा पोखराले ललितपुरलाई हराउन सकेको छैन । दुई टोली लिगमा अहिलेसम्म ४ पटक आमनेसामने भएका छन् । यसमध्ये दुई खेलमा ललितपुर एफसी विजयी भएको थियो भने २ खेल बराबरीमा टुंगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेहरानको हवाईमार्ग अस्थायी रूपमा बन्द
-
इरानमाथि इजरायली हमलामा हाम्रो संलग्नता छैन : अमेरिका
-
इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा
-
‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’
-
विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो
-
दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना