डा.भट्टराई र भारतीय वरिष्ठ नेता डा.जोशीबिच भेटवार्ता
शनिबार, १३ वैशाख २०८२, २१ : १८
नयाँ दिल्ली । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले भारतीय वरिष्ठ राजनीतिज्ञ डा.मुरली मनोहर जोशीसँग शनिबार भेटवार्ता गरेका छन् । जोशीको निवासमा भएको भेटघाट सौहार्दपूर्ण तथा भावनात्मक भएको उनको सचिवालयले जानकारी दिएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराई शनिबार दिउँसो छिमेकी राष्ट्र भारत पुगेका हुन् । डा.भट्टराई प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अतिथिको रूपमा सहभागी हुन भारत पुगेको उनको सचिवालयको भनाइ छ । अधिवेशन भोलि आइतबारदेखि भारतको फरिदावादमा हुँदैछ ।
अध्यक्ष भट्टराईको साथमा उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र सचिव एवं प्रवास प्रदेश अन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण