तमोर नदीमा बगेर एक व्यक्ति बेपत्ता
शनिबार, १३ वैशाख २०८२, २१ : ४२
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, खुवा दोभानका अन्दाजी ५६ वर्षीय जितबहादुर बल तामाङ तमोर नदीमा बेपत्ता भएका छन् ।
नदीमा पौडी खेल्ने क्रममा बगेर आज उनी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडाध्यक्ष टेकेन्द्र सेन्दाङले तामाङलाई नदिले बगाएको भन्ने प्रहरीलाई जानकारी गराएका थिए ।
उक्त सूचना पाएपछि प्रहरी चौकी फुलबारी, हाङपाङ र निगुरादिनबाट खोजतलासका लागि टोली खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण