जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर र गाउँ समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ ।
कोशी प्रदेशअन्तर्गतका ९ गाउँ समिति र २ नगर समिति गरी ११ पालिका समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको प्रचार विभागले जानकारी दिएको छ ।
ओखलढुंगा जिल्लाको, मानेभञ्ज्याङ गाउँपालिकाको अधिवेशनबाट शेरबहादुर राईको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति निर्वाचित भएको छ । प्रकाश राईको अध्यक्षतामा चिसङ्खुगढी गाउँपालिका र कुसाङ शेर्पाको अध्यक्षतामा २१ सदस्यीय खिजिदेम्बा गाउँ समिति निर्वाचित भएको छ ।
त्यसैगरी नरेश राईको अध्यक्षतामा २८ सदस्यीय भोजपुरको हतुवागढी गाउँ समिति र केबी चेम्जोङको अध्यक्षतामा २४ सदस्यीय पाँचथरको फाल्गुनन्द गाउँ समिति निर्वाचित भएको बताइएको छ ।
अग्नी कुलुङको अध्यक्षतामा १५ सदस्यीय सोलुखुम्बुको महाकुलुङ गाउँ समिति निर्वाचित भएको छ । योगेन्द साम्पाङ राईको अध्यक्षतामा धनकुटाको सहिदभूमि गाउँ समितिको नयाँ नेतृत्व निर्वाचित भएको छ ।
मोरङको जहदा गाउँपालिका र बुढीगंगा गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र सुनसरीको इनरुवा नगर अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवस्था परिवर्तन भए पनि नागरिकको जीवनस्तर सुधार हुन सकेन : पूर्व राष्ट्रपति भण्डारी
-
भक्तपुरबाट जुवातास खेलिरहेका १० जना पक्राउ
-
साबिक विजेता आर्मीलाई पराजित गर्दै पुलिसले जित्यो एमएम कप क्रिकेटको उपाधि
-
हट्यो चितवन हुँदै राक्सिराङ पुग्नुपर्ने बाध्यता
-
एनएमबि बैंकको बाह्रौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
-
सिम्रौनगढ नगरपालिकाका मेयरमाथि प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको आरोप