जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर र गाउँ समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ ।
कोशी प्रदेशअन्तर्गतका ९ गाउँ समिति र २ नगर समिति गरी ११ पालिका समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको प्रचार विभागले जानकारी दिएको छ ।
ओखलढुंगा जिल्लाको, मानेभञ्ज्याङ गाउँपालिकाको अधिवेशनबाट शेरबहादुर राईको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति निर्वाचित भएको छ । प्रकाश राईको अध्यक्षतामा चिसङ्खुगढी गाउँपालिका र कुसाङ शेर्पाको अध्यक्षतामा २१ सदस्यीय खिजिदेम्बा गाउँ समिति निर्वाचित भएको छ ।
त्यसैगरी नरेश राईको अध्यक्षतामा २८ सदस्यीय भोजपुरको हतुवागढी गाउँ समिति र केबी चेम्जोङको अध्यक्षतामा २४ सदस्यीय पाँचथरको फाल्गुनन्द गाउँ समिति निर्वाचित भएको बताइएको छ ।
अग्नी कुलुङको अध्यक्षतामा १५ सदस्यीय सोलुखुम्बुको महाकुलुङ गाउँ समिति निर्वाचित भएको छ । योगेन्द साम्पाङ राईको अध्यक्षतामा धनकुटाको सहिदभूमि गाउँ समितिको नयाँ नेतृत्व निर्वाचित भएको छ ।
मोरङको जहदा गाउँपालिका र बुढीगंगा गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र सुनसरीको इनरुवा नगर अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रादेशिक व्यापार व्यवसाय ऐन शंशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण