को हुन् प्यालेष्टाइनका नयाँ उपराष्ट्रपति ?
जेरुसेलम । प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले हुसेन अल–शेखलाई उपराष्ट्रपति नियुक्त गरेका छन् । प्यालेस्टिनी राष्ट्रपतिले आफ्नो उत्तराधिकारी नियुक्त गरेको यो पहिलो पटक हो ।
यसअघि राष्ट्रपति अब्बासले उत्तराधिकारीको नियुक्तिको विरोध गर्दै आएका थिए । प्यालेस्टाइन मुक्ति संगठन (पीएलओ)को बैठकमा राष्ट्रपति अब्बासले उपराष्ट्रपति पदका लागि हुसेन अल–शेखको नाम अनुमोदन गरेका छन् । बैठकमा हुसेन अल शेखको नाम सर्वसम्मतिले अनुमोदन भएको छ ।
हुसेन अल–शेख प्यालेस्टाइन मुक्ति संगठन (पीएलओ)का एक वरिष्ठ नेता हुन् । १९६० मा जन्मिएका शेखले प्यालेस्टिनीहरूको अधिकारका लागि व्यापक रूपमा काम गरेका छन् भने उनलाई निकै व्यावहारिक मानिन्छ ।
इजरायलसँग उनको केही सम्बन्ध पनि रहेको बताइएको छ । १९७८–८९ को बीचमा इजरायली कब्जाको विरोध गरेकोले शेख जेल पनि गएका थिए । उनले इजरायली सरकारसँग सम्पर्क गर्न प्यालेस्टिनी तर्फबाट दूतको रूपमा पनि काम गरेका छन् । विश्व नेताहरूले प्यालेस्टिनी राष्ट्रपतिलाई भेट्दा हरेक भेटमा हुसेन अल शेख उनका दूत रहेका छन् । उनको नियुक्तिपछि अन्तर्राष्ट्रिय स्तरमा प्यालेस्टाइन नेतृत्वको विश्वास बढ्ने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण