दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ

दाङ । दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ पुकारपसल घर भई तुलसीपुर ६ बरुवगाउँ बस्दै आएका ४२ वर्षीय विरबहादुर गुरुङ पक्राउ परेका हुन् ।
उनमाथि २० वर्ष अघि आफ्नै ससुराको हत्या गरेको अभियोग लागेका छ । २०६२ साउन १४ गते राति ८ बजेतिर तुलसीपुरको अस्वारा घर भई तुलसीपुर ५ नयाँबसपार्कमा तरकारी पसल गरी बस्ने आफ्नै ससुरा ३५ वर्षीय काशीराम विकलाई हत्या गरेको अभियोग उनीमाथि रहेको प्रहरीले बताएको छ । हत्या पछि फरार रहेका विक लुकिछिपी भारत भागेका थिए । त्यसपछि केही समयमा घर आएका उनी तुलसीपुर १२ टरिगाउँमा लुकीछिपी बस्दै आएका थिए । सोही क्रममा शुक्रबार पक्राउ गरिएको हो ।
हत्याको दिन गुरुङ ससुराको घर गएका थिए । सोही क्रममा काशीराम र उनको कान्छी श्रीमती शोभा विकबिच खाना खाने क्रममा विवाद भयो । विवाद पश्चात् घरमा पाहुना गएका गुरुङले ससुरालाई खुट्टा र हातले हिर्काउँदा घटनास्थलमै मृत्यु भएको थियो । गुरुङ नसाको तालमा रहेको समेत प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष
-
अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प
-
दासढुङ्गामा मदन–आश्रित स्मृतिसभा