फटाहा कुरा गर्ने ‘स्थापित फटाहा’हरु नै हुन् : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीलबर्ण शृङ्गारहरू बहुतै हाउभाउ गरिरहेको बताएका छन् । मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू र एमाले नेतृत्वविरुद्ध गतिविधि गर्नेहरूलाई नीलवर्णको संज्ञा दिएका हुन् ।
‘नीलबर्ण शृङ्गारहरू बहुतै हाउभाउ गरिरहेका छन्’, ओलीले भने, ‘यिनको मुकुन्डो उत्रिएको छ तर जनताले रङ हटाएर बुझ्नुपर्छ ।’ उनले स्याल र बाघको कथा सुनाउँदै यस्ता फटाहा कुरा गर्नेहरू स्थापित फटाहाहरू नै रहेको दाबी गरे ।
‘फटाहा कुरा गर्ने स्थापित फटाहाहरू नै हुन् छन्, । पखेटा हेर्यो समाजवाद लेखेको छ, टाउको हेर्यो समाजवाद । बोलेपछि नीलवर्ण शृङ्गार भनेर चिनिन्छ’, उनले भने, जतिबेला यिनीहरू एमाले सिध्याउनैपर्छ भनेर बोल्छन् अनि जनताले चिन्छन् तर पनि एमाले देशको मजबुत पार्टी हो ।’
त्यस्ता तत्त्वहरूले जसरी पनि लिडरसिपमाथि हमला गर्नेतिर लागेको भन्दै कमजोर बनाउन झूटा बिलहरू समेत देखाउने गरेको बताए । उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा २०८४ मै विकास गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण