प्रधानमन्त्री ओली आफैँले लिएको परीक्षामा फेल भएः प्रभु साह

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली आफैँले लिएको परीक्षामा फेल भएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले १० महिनासम्म सुशासन दिन असफल भएका प्रधानमन्त्रीले हाल आएर आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गर्नु हास्यास्पद भएको बताए । ‘सुशासन आयोगको औचित्य के हो ? आयोग केका लागि हो ? हाम्रो सरकारी संयन्त्रहरू फेल भइसक्यो ?’, उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीजीको नेतृत्वमा ५१ वटा निकाय छ, त्यो निकायले के काम गर्यो हामी जान्न चाहन्छौँ । यदि हाम्रो संयन्त्रहरू विश्वास छैन भने किन त्यसलाई राख्ने ?’
उनले जसले सम्पत्ति विवरणसमेत सार्वजनिक गर्दैन, उसकै नेतृत्वमा सुशासन आयोग बनाइनु हास्यास्पद भएको समेत बताए । उनले ओलीको कार्यशैलीकै कारण सडकमा प्रदर्शनहरू बढिरहेको समेत बताए ।
उनले राजतन्त्रमा पनि शाही आयोग भएको स्मरण गर्दै भने, ‘अहिलेको आयोगको औचित्य के हो ? त्यसले गर्ने निर्णय के हो ? आज जनतालाई झुक्याउने र गुमराहमा बनाउने खेल हामीलाई स्वीकार्य छैन ।’
उनले उनले सुशासन र काम गर्न नसकेपछि के गर्ने भन्ने सवाल हालै राजीनामा दिएकी विद्या भट्टराईसँग सिक्न समेत सुझाव दिए । उनले भने, ‘विद्या भट्टराईले आफूले गर्न नसकेपछि जिम्मेवारी छाड्नु भयो, तपाईंपनि त्यसै गर्नुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म