रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप सात दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
गत चैत्र १५ गते तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित २५ जनालाई थप सात दिन अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले अनुमति दिएको हो ।
उनीहरुलाई थप अनुसन्धानका निमित्त मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (६) बमोजिम ७ (सात) दिन म्याद थप गरिदिएको अदालतले जनाएको छ ।
दुर्गा प्रसाईं र पशुपति खड्काले अस्वस्थ रहेको भनेर उल्लेख गरेकोमा दुर्गा प्रसाईं, रवन्द्र मिश्रको हकमा उचित स्वास्थ्य उपचारको प्रवन्ध गर्नू भनी पूर्व आदेश समेत भएको देखिँदा सोही बमोजिम गर्न र प्रतिवादी पशुपति खड्काको स्वास्थ्य उपचारको समेत उचित प्रबन्ध गर्नु भनेर आदेशमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ–२०८२’ हुने
-
माग थाती राख्दै सुनचाँदी व्यवसायीले खोले पसल
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा