रुस-युक्रेन युद्धमा सेना पठाएकोबारे के भन्छ उत्तर कोरियाको सरकारी मिडिया ?
प्योङयाङ । उत्तर कोरियाले पहिलो पटक रुस-युक्रेन युद्धमा रुसको तर्फबाट लड्न आफ्नो सेना पठाएको पुष्टि गरेको छ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) को एक रिपोर्टमा सो कुरा उल्लेख छ ।
समाचारअनुसार उत्तर कोरियाली सेनाले नेता किम जोङ उनको आदेशमा कुर्स्क सीमा क्षेत्रलाई पूर्ण रूपमा मुक्त गर्न आफ्ना सैनिकहरूले रूसी सेनालाई मद्दत गरेको दाबी गरेको छ।
दक्षिण कोरिया र पश्चिमा देशका गुप्तचर निकायहरूले लामो समयदेखि उत्तर कोरियाले गत वर्ष कुर्स्कमा हजारौं सेना पठाएको दाबी गर्दै आएका छन्।
कोरियाले सेना तैनाथ गर्ने निर्णय उत्तर कोरिया र रुसबीचको पारस्परिक रक्षा सन्धि अनुसार गरिएको बताएको छ।
हालै, रूसी चिफ अफ स्टाफ भ्यालेरी गेरासिमोभले उत्तर कोरियाली सैनिकहरूको बहादुरीको प्रशंसा गरे।
भ्यालेरी गेरासिमोभले रुसले देशको पश्चिमी कुर्स्क क्षेत्रमा पूर्ण नियन्त्रण प्राप्त गरेको दाबी पनि गरेका थिए । तर उक्त दाबी युक्रेनले अस्वीकार गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको सत्याग्रहबारे मन्त्रीलाई बोलाउन संसदीय समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण