भारतले १६ पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगायो
सोमबार, १५ वैशाख २०८२, ११ : ४१
नयाँ दिल्ली । भारत सरकारले सोमबार १६ वटा पाकिस्तानी युट्युब च्यानलहरूमाथि प्रतिबन्ध लगाएको छ । यसमा डन न्युज, समा टिभी र जियो न्युज पनि समावेश छन् ।
यी च्यानलहरूले भारत र सुरक्षा एजेन्सीहरू विरुद्ध झूटा र भ्रामक समाचार चलाइरहेका सरकारले बताएको छ । गृह मन्त्रालयको सिफारिसपछि सरकारले यो कारबाही गरेको हो ।
यसैबिच, जम्मू कश्मीर प्रहरीले १५ स्थानमा छापा मारेको छ । यी छापा पीओकेबाट सञ्चालित भइरहेका अनि पहलगाम आक्रमणसँग सम्बन्धित आतंककारीहरूको लुकेर बसेको ठाउँमा गरिएको दाबी गरिएको छ । आइतबार राति र सोमबार बिहान पाकिस्तानी सेनाले नियन्त्रण रेखामा गोलीबारी गरेका र भारतीय सेनाले पनि यसको जवाफ दिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण