कैलालीबाट हतकडीसहित भागेकी थुनुवा खोज्दा अर्का फरार पनि भेटिए
काठमाडौँ । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवालाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । मानव बेचबिखनमा संलग्न ५० वर्षीया मीना शाही दमाई आइतबार कैलालीस्थित जिल्ला सरकारी वकिल कार्यालयबाट हतकडीसहित फरार भएकी थिइन् ।
उनलाई प्रहरीले भारतको पलियाबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । कैलालीका एसपी पदम विष्टले उनलाई पक्राउ गरिएको रातोपाटीलाई बताए । उनले भने, ‘भारतीय प्रहरीसँग समन्वय गरेर पक्राउ गरेका छौँ ।’
मीना शाही दमाईले आफ्नै भदैनीलाई भारतमा लगेर बेचेको आरोप छ । मीनालाई खोज्दा सो मुद्दामा फरार आएका अर्का एक जना फेला परेका छन् । बेचबिखन मुद्दामा फरार रहेका उदय परियारलाई पनि पक्राउ गरिएको एसपी विष्टले जानकारी दिए । उदय परियार ‘राइटर’ टिकापुर नगरपालिका–१ स्थित बिशालनगरबाट पक्राउ गरेका हुन् ।
मीना शाहीले लगाएको हतकडी धनगढीस्थित एउटा होटेलमा फेला परेको छ । बसपार्कको होटेलमा उनले हतकडी कसरी फुकाल्न सफल भइन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । थुनुवा भागेको घटना अनुसन्धान गर्न दुई जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । प्रहरी सहायक हवलदार चक्र अधिकारी र जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण