त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी शिक्षा विभागले ७ औँ अन्तर्राष्ट्रिय अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान सम्मेलन गर्ने भएको छ । त्रि.वि. केन्द्रीय क्याम्पसको अडिटोरियम हलमा हुने सम्मेलनमा विभिन्न १२ देशका ५०० जना प्रभावशाली विद्वानहरूको सहभागिता रहनेछ ।
‘भाषा शिक्षामा परिवर्तनशील परिस्थिति : अनुसन्धान, नवप्रवर्तन र प्रयोगहरू’ ( Changing Ecology in Language Education: Research, Innovations and Applications) भन्ने मूल नाराका साथ सम्मेलन हुन लागेको हो ।
दुई दिनसम्म चल्ने सम्मेलनमा ३ वटा की–नोट सम्बोधनहरू, ४ वटा प्लेनरी छलफलहरू, एउटा प्यानल छलफल र ९५ वटा कार्यपत्रहरू प्रस्तुत गरिने कार्यक्रम रहेको अङ्ग्रेजी शिक्षा विभागका प्रमुख डा.गोपालप्रसाद पाण्डेले जानकारी दिए ।
उनीहरूले ल्याउने बहुमूल्य दृष्टिकोण र अनुभवहरूले हाम्रो बुझाइलाई समृद्ध बनाउने र प्रगतिलाई गति दिने अपेक्षा गरिएको छ । उक्त सम्मेलनमार्फत अङ्ग्रेजी भाषा शिक्षालाई रूपान्तरण गर्ने नयाँ प्रविधि, विधिहरू र दृष्टिकोणहरूको खोजी गरिने प्रमुख पाण्डेले बताए ।
भाषा शिक्षक शिक्षाको क्षेत्रमा विद्वान र व्यावसायिक दुवैले नवप्रवर्तनको अपेक्षा गर्नुका साथै यसको कार्यान्वयनमा अधिकतम प्रयास गर्नुपर्ने आवश्यकता हुन्छ । अनुसन्धानमा आधारित र प्रविधिले अगुवाइ गरेका अभ्यासहरू, नवीनतम दृष्टिकोणहरू, सहकार्यमा आधारित कार्यहरू र सिर्जनशील सोचले भाषा शिक्षक शिक्षाको परिवर्तनशील पारिस्थितिकीलाई बलियो बनाउने उनको भनाइ छ ।
चुनौतीहरू सधैँ आइरहने र अनुसन्धान संस्कृतिको प्रवर्द्धनमार्फत चुनौतीहरू सामना गर्न तयार रहनुपर्ने उनले बताए । सम्मेलनको विषयवस्तुले भाषा शिक्षण शिक्षाका लागि नवप्रवर्तनशील र सन्दर्भ अनुकूल मोडेलहरूको आवश्यकता स्पष्ट रूपमा प्रस्तुत गरेको उनको भनाइ छ ।
वार्षिक रूपमा नियमित आयोजना हुने सम्मेलनको सातौँ संस्करणले अङ्ग्रेजी भाषा शिक्षणमा रूपान्तरण र भाषा शिक्षकहरूको पेसागत विकासमा नयाँ पन ल्याउन महत्पूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । स्थानीय र वैश्विक शिक्षण पद्धतिहरूलाई एकल मञ्चमा ल्याउन देशभित्र विदेशबाट आएका अङ्ग्रेजी भाषा शिक्षाको ठुलो समागम गर्ने उद्देश्य रहेको छ ।
त्यस्तै विविध सामाजिक, सांस्कृतिक र भू–राजनीतिक सन्दर्भहरूमा अङ्ग्रेजी पढाउने सम्भावनाहरू अन्वेषण गर्नु समेत उक्त सम्मेलनको उद्देश्य रहेको छ ।
मिडिया र सामग्रीहरू समावेश गर्दै अङ्ग्रेजी भाषा शिक्षणका विद्यमान अनुसन्धानमूलक अभ्यासहरूलाई उत्कृष्ट बनाउन, अङ्ग्रेजी भाषा शिक्षणका हालका प्रवृत्ति र विधिहरू साझेदारी गर्नका लागि राम्रो मञ्च सिर्जना गर्नु, जहाँ नवीन र अनुभवी विद्धत वर्गहरुको सहभागिता हुने लगायतका अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण