मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
एनआरएनए विवाद

एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेविरुद्ध अवहेलना मुद्दा, न्यायाधीश रेग्मीको इजलासमा पेसी

थप दुई मुद्दाको पनि आजै पेसी
मङ्गलबार, १६ वैशाख २०८२, १० : ५८
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा शेष घलेविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा परेको छ ।

बद्री केसी नेतृत्वको एनआरएनए उपाध्यक्ष रोजिना राईसहित ३ जनाले घलेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएका हुन् । 

उक्त मुद्दाको पेसी मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ । सर्वोच्च अदालतले गत साउनमा दिएको फैसलाविपरीत गतिविधि गरेर अदालतको अवहेलना गरेको जिकिर रिट निवेदकको छ । 

एनआरएनएको विवादका सम्बन्धमा सर्वोच्च अदालतले २०८० चैतमा एकताको महाधिवेशन गर्न सर्वोच्चले परमादेश दिएको थियो । सोही फैसलाको आधारमा परराष्ट्र मन्त्रालयले ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीलाई काम गर्न रोक लगाएपछि उनी अदालत पुगेका थिए । सो मुद्दामा सर्वोच्चले साउनमा फैसला गर्दै कामकाज गर्ने बाटो खुला गरिदिएको थियो । त्यसपछि केसीले आफू आधिकारिक रहेको जिकिर गर्दै आएपनि घलेले एकता महाधिवेशनको प्रक्रिया अघि बढाएका छन् । जसअनुसार घलेले एकताको महाधिवेशन वैशाख २० देखि काठमाडौँमा तय गरेपछि थप दुई वटा मुद्दा पनि अदालतमा विचाराधीन छ । 

उक्त मुद्दाको पनि आजै न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा पेसी तोकिएको छ । जुन मुद्दामा एक मुद्दा एकताको महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने भन्ने रहेको छ भने अर्कोचाहिँ सार्न माग गर्दै दायर भएको हो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप