तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
मङ्गलबार, ०३ असार २०८२, ०५ : ४१
काठमाडौँ। इरानको राजधानी तेहरानमा रहेको राष्ट्रिय प्रसारण सेवाको भवनमा आक्रमण हुँदा एक सरकारी टिभी कर्मचारीको मृत्यु भएको छ। इरानको सरकारी समाचार संस्था फार्स न्युज एजेन्सीका अनुसार आक्रमण इस्लामिक रिपब्लिक अफ इरान न्युज नेटवर्कको भवनमा भएको थियो।
मृतकको परिचय मसौमेह आजिमीको रूपमा गरिएको छ, जो इस्लामिक रिपब्लिक अफ इरान ब्रडकास्टिङमा कार्यरत थिइन्। घटनाको भिडियोमा स्टुडियोमै मिसाइल प्रहार हुँदा समाचार प्रस्तोता बिचमै रोकिन परेको देखिन्छ।
इरानको सरकारी विवरण अनुसार शुक्रबारदेखि इजरायलद्वारा सुरु भएको हवाई आक्रमणमा अहिलेसम्म २२४ जना मारिएका छन्। इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यालयले इरानको जवाफी हमलामा इजरायलमा कम्तीमा २४ जनाको मृत्यु भएको जनाएको छ।एनबीसी न्यूज
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण