दिगो लगानीको लागि एनएमबि बैंकको पहल : तीन निकायबिच साझेदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु आइएफसी(IFC),बिआईआई (BII) र मेटलाइफ (MetLife) सँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।
सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्यमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गुणस्तरीय रोजगारी सिर्जना हुने लक्ष्य लिइएको छ । त्यसैगरी यसले देशको उर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
वण्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य उर्जा लगायतका नवीकरणीय उर्जाहरु, विद्युतीय सवारी, हरित भवन तथा बायोमास जस्ता परियोजनाहरुमा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ ।
समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलले मन्तव्य राख्दै यस किसिमको प्रयास मार्फत नवीकरणीय उर्जा लगायतका क्षेत्रहरुमा एक परिवर्तनकारी फड्को मार्ने विश्वास व्यक्त गरे ।
उनले एनएमबि बैंकको पहलले विदेशी पूँजीलाई स्वदेशमा भित्र्याई जलबायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्युनिकरण गर्न थप सहयोग पुग्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान
-
सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण