अपडेट
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
मङ्गलबार, १६ वैशाख २०८२, २२ : ५८
_P6g4ZtVWaK.jpg)
काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबिच भएको वार्ता निष्कर्षविहीन भएको छ । मंगलबार रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको हो ।
वार्ता सकिएपछि शिक्षामन्त्री रघुजी पन्तले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएपनि थप बोलेनन् । उनले भने, ‘हामी शिक्षकहरुसँग वार्तामा छौँ । त्यो वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छ । सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउन प्रयत्न गर्छौँ ।’
लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी थियो । शिक्षक सङ्गठनहरूले विभिन्न माग राखी चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।
यसअघि सोमबार भएको वार्ता पनि निष्कर्षविहीन बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता
-
गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
-
'मिस ग्रान्ड नेपाल २०२५' जित्ने दाउमा गरिमा
-
कसिलो स्रोतबिच सुदूरपश्चिम प्रदेशको महत्वाकांक्षी बजेट
-
बागमती प्रदेशको बजेट : स्थानीय तहले कति पाए ?
-
बागमती प्रदेशको बजेटः कृषि र पर्यटन क्षेत्रका के–के परे प्राथमिकतामा ?