झापामा सडक दुर्घटना, एक जनाको मृत्यु
बुधबार, १७ वैशाख २०८२, २१ : ४१
भद्रपुर । झापामा भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ ५ः३० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट चारआलितर्फ गइरहेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनामा परी झापा जिल्ला अर्जुनधारा नगरपालिका–१० बस्ने ६८ वर्षीय टङ्कप्रसाद बराल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाँना साथ चिकित्सकले मृत घोषण गरेका हुन् ।
दुर्घटनामा संलग्न ट्रक चालक पाँचथर जिल्ला फिदिम नगरपालिका–११ बस्ने ठालुप्रसाद एक्तेन र ट्रकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान जारी रहेको झापा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण