एनआरएनएको एकता महाधिवेशन : २ हजार ६४३ डेलिगेट्स फाइनल
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनमा डेलिगेट्स (प्रतिनिधि) को फाइनल सूची तय गरिएको छ । उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले प्रतिनिधिको फाइनल सङ्ख्या २ हजार ६४३ जना कायम गरिएको सदस्य विनोद कुँवरले जानकारी दिए ।
उनका अनुसार फाइनल प्रतिनिधिमध्ये कतिपयले अझै पनि आवश्यक कागजात बुझाउन बाँकी रहेको भन्दै निर्वाचन समितिमा बुझाएर निर्वाचनमा भाग लिन आग्रह गरे ।
उनका अनुसार शुक्रवार अपराह्न २ बजेभित्र तोकिएको कागजात र दस्तुर बुझाउनु पर्नेछ ।
निर्वाचन प्रयोजनका लागि अनलाइन फारम भरिसकेका मतदाताहरूमध्ये वैशाख १५ गतेसम्म ६२५ जनाको नाम प्रमाणीकरण भई निर्वाचन समितिले प्रथम मतदाता नामावली प्रकाशन गरेको थियो । अब समितिले प्रक्रिया पूरा गरेर पुनः थप नामावली सूची प्रकाशित गर्नेछ ।
निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले शुक्रवार अपराह्न निर्वाचन समितिले प्रक्रिया पूरा भएका नामावली थपेर अन्तिम नामावली प्रकाशित गर्ने बताए । शनिवार महाधिवेशनको उद्घाटन पछि मनोनयन दर्ताको समय तोकिएको छ । आइतबार मतदान गर्ने कार्य तालिका रहेको छ ।
‘निर्वाचन प्रक्रियामा सहभागिता जनाउन इच्छुक सम्पूर्ण डेलिगेटहरूले तोकिएको म्याद भित्र आवश्यक प्रक्रिया पूरा नगरेमा, मतदाता नामावलीबाट वञ्चित हुन सक्ने सम्भावना अत्यन्त प्रबल रहनेछ। त्यसैले सबै सरोकारवालालाई समयमै कार्य सम्पादन गर्न हार्दिक अपिल गर्दछौँ," समितिले भनेको छ। एनआरएनएको एकता महाधिवेशन वैशाख २० देखि काठमाडौँमा सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण