भारतबाट अब १५ घण्टामा ६०० सय मेगावाट बिजुली आयात हुने
काठमाडौँ । विद्युत् प्राधिकरणले भारतबाट दैनिक १५ घण्टा बिजुली आयात गर्न पाउने भएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले बिहीबारदेखि १५ घण्टासम्म आयात गर्न पाउने भएको हो ।
भारत सरकारले नेपाल विद्युत् प्राधिकरणलाई मुजफ्फरपुर ढल्केबर लाइनबाट बिहान २ बजेदेखि साँझ ५ बजेसम्म १५ घण्टाको लागि ६०० मेगावाट बिजुली आयात गर्न थप स्वीकृति दिएको छ । यसअघि सोलार घण्टा अर्थात् बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म मात्र स्वीकृति दिइएको थियो।
भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुरबाट ६ सय र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी कुल ६५४ मेगावाट बिजुली आयात गर्ने यसअघि नै अनुमति दिएको छ । तर पछिल्लो समय भारतमा नै विद्युत् माग बढेको भन्दै नेपालले मागे जति विद्युत् दिन सकेको थिएन । तर अब दैनिक १५ घण्टा ६०० मेगावाट बिजुली खरिद गर्ने अनुमति दिएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतले थप दुई महिनाका लागि ६ सय मेगावाट बिजुली निर्यातका लागि स्वीकृत दिएको बताए । उनले विगतमा बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म निर्यातका लागि स्वीकृत दिएपनि अब रातको २ बजदेखि बिहान ५ बजेसम्म पनि स्वीकृत दिएको बताए ।
त्यस्तै प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले भारतबाट सोलार घण्टा अर्थात् बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म निरन्तर आइरहेको बताए । उनले पिकआवरमा भारतबाट बिजुली खरिद गर्दा माग अनुरूप नपाएको बताए । उनले पुरानै सहमति अनुसार अब निरन्तर ६०० मेगावाट विद्युत् दिने भएको बताए ।
उनले भने, ‘पुरानै स्वीकृत अनुसार भारतबाट बिजुली आयात भइरहेको छ । १२ घण्टाको ठाउँमा थप भएर १५ घण्टा विद्युत् दिने भनिएको छ । बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आइरहेको भए पनि अब बिहान २ बजेदेखि ६ बजेसम्म भनिएको छ ।’
प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ । गत मङ्सिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले गत चैत २ सम्म दिनको २० घण्टा र चैत ३ देखि आगामी असार १६ सम्म सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति दिएको थियो । चैत ३ यता प्राधिकरणले दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको थियो ।
इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ । भारतबाट बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म १३२ केभी लाइन मार्फत अधिकतम ३५० मेगावाट विद्युत् आपूर्ति गर्ने अनुमति पाएकोमा हाल मैनैया सम्पतिया लाइनबाट बिहान २ बजे देखि ६ बजे र बेलुका ६ देखि ७ बजेगरी जम्मा ५० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेको प्राधिकरणले जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण