बारामा पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु, दुई घाइते
बिहीबार, १८ वैशाख २०८२, १९ : ३६
वीरगञ्ज । बारामा पिकअप भ्यानले अटोलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । फेटा गाउँपालिकामा भएको दुर्घटनामा मृत्यु हुनेमा बारा विश्रामपुर गाउँपलिका इटियाहीका सुनिल पण्डितका १३ वर्षीय छोरा समर रहेका बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।
उनका अनुसार गाउँपालिका वडा नम्बर– ७ गम्हरिया टोलमा मटिअर्वातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च १४२१ नम्बरको पिकअपले विपरीत दिशाबाट आइरहेको ना २ ह ४८८९ नम्बरको अटोलाई ठक्कर दिएको थियो । बालकको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका बारा प्रहरीले जनाएको छ ।
घाइते चितवन बस्ने निलम हजारा र उनका छोरा आदित्य हजराको वीरगञ्जस्थित नेशनल मेडिकल क्लेज, शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने पिकअप चालक फरार भने भएका छन् । अटो चालक र दुई वटै सवारीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण