बारामा पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु, दुई घाइते
बिहीबार, १८ वैशाख २०८२, १९ : ३६

वीरगञ्ज । बारामा पिकअप भ्यानले अटोलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । फेटा गाउँपालिकामा भएको दुर्घटनामा मृत्यु हुनेमा बारा विश्रामपुर गाउँपलिका इटियाहीका सुनिल पण्डितका १३ वर्षीय छोरा समर रहेका बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।
उनका अनुसार गाउँपालिका वडा नम्बर– ७ गम्हरिया टोलमा मटिअर्वातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च १४२१ नम्बरको पिकअपले विपरीत दिशाबाट आइरहेको ना २ ह ४८८९ नम्बरको अटोलाई ठक्कर दिएको थियो । बालकको घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका बारा प्रहरीले जनाएको छ ।
घाइते चितवन बस्ने निलम हजारा र उनका छोरा आदित्य हजराको वीरगञ्जस्थित नेशनल मेडिकल क्लेज, शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने पिकअप चालक फरार भने भएका छन् । अटो चालक र दुई वटै सवारीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत