वर्षमान पुन र विजय चौथाइवालेबिच भेटवार्ता, राजतन्त्रबारे भ्रम चिर्ने प्रयास
काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनबीच शुक्रबार भेट भएको छ ।
राजधानीमा भएको पुनसँगको भेटका क्रममा चौथाइवालेले नेपालमा राजतन्त्र पुनःस्थापनाको आन्दोलनप्रति आफू वा आफ्नो पार्टीको कुनै समर्थन नरहेको स्पष्ट पारेका छन् ।
उनले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पुरानै प्रतिबद्धता दोहोर्याउँदै सो आन्दोलनसँग आफूहरू असम्बद्ध रहेको बताए ।
पुनले संवादका क्रममा पुनले नेपालको राजनीतिक दल, सरकार र समाजले पलगाम घटनाको विरोध गरेको उल्लेख गरे । जवाफमा चौथाइवाले त्यसबापत धन्यवाद ज्ञापन र सन्तोष व्यक्त गरेको पुनले जानकारी दिए ।
भेटका क्रममा चौथाइवालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अघिल्लो कार्यकालमा भारतसँग भएको १० हजार मेगावाट विद्युत् खरिदसम्बन्धी सम्झौतालाई भारत–नेपाल सम्बन्धको महत्वपूर्ण उपलब्धि भन्दै प्रशंसा गरे ।
पुनका अनुसार माओवादी केन्द्र र भाजपाबीचको सम्बन्ध राम्रो रहेको र भविष्यमा यसलाई अझ सुदृढ बनाइने विषयमा छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण