शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मकवानपुर महिला गोल्डकप : चितवन सेमिफाइनलमा

शुक्रबार, १९ वैशाख २०८२, २१ : ५९
शुक्रबार, १९ वैशाख २०८२

मकवानपुर । मकवानपुर महिला गोल्डकपमा चितवन जिल्ला फुटबल संघ सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रतियोगिता अन्तर्गतको उद्घाटन खेलमा फेनाल्टि सुटआउटमा ५–४ गोल अन्तरले चितवनले आयोजक मकवानपुरलाई पराजित गरेको हो ।

आयोजक मकवानपुर जिल्ला फुटबल संघ र चितवन बिचको खेलको निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टि सुटआउटबाट भएको थियो । समय आवभका कारण कुल ६० मिनेटको खेल खालाइएकोमा खेलको दोस्रो हाफमा चितवनका तर्फबाट पहिलो गोल भएको थियो ।

खेलको ३१ औं मिनेटमा चितवनका तर्फबाट जर्सि नम्बर १० की अनिता गुरुङले गोल गरेकी थिइन् । कर्नर मार्फत् आएको बललाई गुरुङले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

खेल अवधि भर पछि परेको मकवानपुरले निधाृरित समयको अन्त्यमा गोल गर्दै खेलमा फर्किएको थियो । मकवानपुरका लागि जर्सि नम्बर ९ की टिम क्याप्टेन सजिना स्याङतान थपिएको ३ मिनेटको अन्तिम समय (६३ औं मिनेट)मा गोल गर्दै टिमलाई बराबरीमा उभ्याएकी थिइन् ।

खेल बराबरीमा सकिएपछि पेनाल्टि सुटआउटमा चितवनले मकवानपुरलाई ५–४ ले आरएको हो । चितवनका लागि पेनाल्टि प्रहार गरेका जर्सि नम्बर २ की भावना क्षेत्री, जर्सि नम्बर ८ की शुशिला भुजेल, जर्सि नम्बर १५ की सृजना अधिकारी, जिर्स नम्बर २३ की अस्मिता चौधरी र जर्सि नम्बर ३२ की चण्डिका रानाले गोल गरेका थिए ।

मकवानपुरका लागि जर्सि नम्बर १० की अनु राईले प्रहार गरेको पेनाल्टि भने बाहिरिएको थियो । मकवानपुरका लागि जर्सि नम्बर ३ की सजना केइराला, जर्सि नम्बर ५ की कृष्मा राई, जर्सि नम्बर ९ की सजिना स्याङतान र जर्सि नम्बर १९ की सुनिता भोलनले गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच चितवनकी अनिता गुरुङ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ तथा ट्रफि प्राप्त गरिन् । प्रतियोगिता अन्तर्गत शनिबार नवजनजागृति क्लब सिमरा बारा र संकटा क्लब काठमाडौं बिच हुनेछ । खेल दिउँसो ४ बजे हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ भने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ७ लाख रुपैयाँ सहित शिल्ड मेडल प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन भने विधागत खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप