भक्तपुरबाट जुवातास खेलिरहेका १० जना पक्राउ
शनिबार, २० वैशाख २०८२, १८ : २२

भक्तपुर । भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका-९ च्यामासिंह डेरा गरी बस्ने चाँगुनारायण नगरपालिका-५ छालिङ घर भएका ४८ वर्षीय भरत गिरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ५३ हजार ८ सय ५० रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पतालको होस्टेलमा खसेको थियो विमान
-
कैलालीमा फरार प्रतिवादीमाथि गोली प्रहार, दुई जना पक्राउ
-
सौर्यबत्ती जडानमा साढे २ करोड भ्रष्टाचार, पूर्व गाउँपालिकाअध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर
-
नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण सुरु
-
सर्यो प्रतिनिधिसभा बैठक
-
एयर इन्डिया विमान दुर्घटना : के भन्छन् विज्ञ ?