व्यवस्था परिवर्तन भए पनि नागरिकको जीवनस्तर सुधार हुन सकेन : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ । श्रीचन्द्र शर्मा स्मृति सम्मान २०८२ बाट हेटौँडा–८ कमानेकी सुभद्रा रेग्मीलाई सम्मान गरिएको छ । राजनीतिक व्यवस्था परिवर्तनमा भूमिका निर्वाह गरेको भन्दै मदन भण्डारी फाउन्डेसन मकवानपुरले रेग्मीलाई सम्मान गरेको हो ।
फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पञ्चायती निरङ्कुशता विरुद्धको लडाइँमा सहभागी भई सेल्टरदाताको रूपमा गतिशील रहेको भन्दै रेग्मीलाई सम्मान गरेको हो ।
मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो वार्षिक साधारणसभाको अवसरमा शनिबार हेटौँडामा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले नागरिकको आवश्यकता अनुसारको विकास अहिलेको आवश्यकता भएको बताइन् । उनले व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनस्तरमा सुधार आउन नसकेको बताइन् ।
‘व्यवस्था परिवर्तन भए पनि नागरिकको जीवनस्तर सुधार हुन सकेको छैन । नागरिकको अवस्थामा अझै पनि सकारात्मक परिवर्तन आउन सकेको देखिँदैन ।’ उनले भनिन्, ‘हामी राजनीतिक परिवर्तन र संविधान बदल्न सफल भयौ । तर, जनताले सकारात्मक परिवर्तनको महसुस गर्ने गरी सामाजिक र आर्थिक रूपान्तरणको कार्यभार पुरा गर्न बाँकी छ । जननेता मदन भण्डारीको विचारलाई सबै राजनीतिक दलले पछ्याएर पूर्व राष्ट्रपति भण्डारीले राजनीतिले नागरिकको जीवनस्तर परिवर्तन गर्नुपर्छ ।’
राजनीतिक दलहरुले समाजको आर्थिक, सामाजिक व्यवस्थाको रूपान्तरणलाई मूल लक्ष्य बनाएर अगाडि बढ्नुपर्ने उनको भनाई छ । मौलिक राजनीतिक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ मार्फत नागरिकको सक्रिय सहभागिता, बहुदलीय प्रतिस्पर्धा र खुला लोकतान्त्रिक प्रणालीसहित देशलाई समाजवादको दिशातर्फ उन्मुख भइरहेको उनले बताइन् ।
२०४७ को संविधानमा मदन भण्डारीको २७ बुँदे आलोचनाकै जगमा नेपाललाई राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनले दावी गरिन् । वर्गीय विविधतायुक्त समाजमा नागरिकको हितमा काम गर्ने र सधैँ जनतासँग जोडिएको राजनीतिक दल मात्र शासनमा पुग्ने पूर्व राष्ट्रपति भण्डारीले बताइन् ।
फाउन्डेसनको साधारण सभाले पुनः खुलालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
-
राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम छात्रा भलिबल टोलीलाई स्वर्णपदक
-
एआइजी कार्कीले ल्याए नयाँ गीत ‘गुन्यु चोली पटुकी’ (भिडियाे)
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान कायमै
-
संसद् अवरोध खुलाउन सत्ता र प्रतिपक्षबिच २ बुँदे सहमति
-
ग्लोबल आइएमई बैङ्कको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी