अर्बपति लगानीकर्ता वारेन बफेटले वर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने
वासिङ्टन डिसी । अर्बपति लगानीकर्ता वारेन बफेटले यस वर्षको अन्त्यमा वर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका छन्। ९४ वर्षीय बफेटले आफ्नो कम्पनीको वार्षिक बैठकमा उपाध्यक्ष ग्रेग एबेललाई कम्पनीको बागडोर सुम्पने बताएका हुन् ।
उनले भने, ‘मलाई लाग्छ वर्षको अन्त्यमा ग्रेग कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्ने समय आएको छ।’
बफेटले वर्कशायर ह्याथवेलाई एक समयको असफल कपडा कम्पनीबाट एक प्रमुख लगानी कम्पनीमा रूपान्तरण गरे जसको अहिले लगभग १.१६ ट्रिलियन डलरको मूल्य छ। उनलाई संसारकै सबैभन्दा सफल लगानीकर्ता मानिन्छ।
वर्कशायर हाथवेसँग ६० भन्दा बढी कम्पनीहरू छन्, जसमा बीमा कम्पनी गेको, ब्याट्री निर्माता ड्युरासेल र डेयरी क्वीन जस्ता धेरै रेस्टुरेन्टहरू समावेश छन्।
यसबाहेक, एप्पल, कोका कोला, बैंक अफ अमेरिका र अमेरिकन एक्सप्रेस जस्ता कम्पनीहरूमा पनि उनको ठुलो हिस्सेदारी छ।
गत महिना, ब्लूमबर्गका अनुसार, वारेन बफेट १५४ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वको चौथो धनी व्यक्ति थिए।
एप्पलका सीईओ टिम कुकले पनि बफेटको अवकाशको बारेमा एक्समा पोस्ट गरे। ‘वारेन जस्तो कोही छैन र म उनको बुद्धिमत्ताबाट गहिरो रूपमा प्रेरित भएका अनगिन्ती व्यक्तिहरू मध्ये एक हुँ,’ उनले लेखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण