नयाँ नेतृत्व आइसक्दा पनि एनआरएनए विवादसम्बन्धी मुद्दा विचाराधीन
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को महाधिवेशन शनिबारदेखि सुरु भएको छ । महाधिवेशनबाट डा.शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनबाट कांग्रेस निकट महेश श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी समूहको सहभागिता बिनै एकता महाधिवेशन भएको हो ।
महाधिवेशनबाट नयाँ नेतृत्व आइसक्दा पनि एनआरएनए विवादसम्बन्धी मुद्दाहरूको टुङ्गो भने लागेको छैन । आइतबार सर्वोच्च अदालतमा एनआरएनए विवादसम्बन्धी चार मुद्दामाथि सुनुवाइ हुँदैछ ।
न्यायाधीश कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासमा महाधिवेशन ६ महिना सार्न परराष्ट्र मन्त्रालयको सुझावअनुसार महान्यायाधिवक्ताकाे कार्यालयले दायर गरेको रिट र बद्री केसीले दायर गरेको रिटमाथि सुनुवाइ हुँदैछ ।
यस्तै न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा एनआरएनए अध्यक्ष बद्री केसीसहित गैरआवासीय नेपाली सङ्घको कार्यकारणी समितिका पदाधिकारीलाई विपक्षी बनाएर अधिवक्ता थानेश्वर काफ्ले र एनआएरएन उच्चस्तरीय समितिका संयोजकसहितलाई विपक्षी बनाएर एनआरएनए ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्की महिला उपाध्यक्ष रोजिना प्रधान राईलगायतले दायर गरेको रिटमाथि सुनुवाइ हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण