बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

को हुन् वारेन बफेटको अर्बौको साम्राज्य सम्हाल्ने ग्रेग एबेल ?

आइतबार, २१ वैशाख २०८२, १२ : ५७
आइतबार, २१ वैशाख २०८२

वासिङ्टन डीसी ।  लगानी गुरु भनेर चिनिने अमेरिकाका चर्चित लगानीकर्ता एवम् विश्वका पाँचौँ धनी व्यक्ति वारेन बफेटले बर्कशायर हाथवेका अध्यक्ष तथा सीईओको पदबाट अवकाश लिने घोषणा गरेका छन् । ९४ वर्षको उमेरमा उनले यो घोषणा गरेका हुन् । 

२०२५ को अन्त्यदेखि कम्पनीमा बफेटको ठाउँ ग्रेग एबेलले लिनेछन् । बफेटले शनिबार कम्पनीको वार्षिक बैठकमा आफ्नो अवकाशको घोषणा गरेका थिए । बफेटले कपडा कम्पनीबाट ह्याथवेको शुरुवात गरेका थिए । अहिले यो १६ खर्ब डलर सम्पत्ति भएको समूह बनेको छ ।

अहिले कम्पनीको व्यवसाय रेलवे लाइन, बिमा, कपडा, निर्माण, ऊर्जा र आइसक्रिम उत्पादन गर्ने कम्पनीसम्म फैलिएको छ । ९४ वर्षको उमेरमा, बफेटले अचानक छोड्ने योजना बनाए र वार्षिक बैठकमा आफ्नो अवकाशको घोषणा गरे । उनको यस घोषणाले कम्पनीका ४० हजार शेयर धनी आश्चर्यचकित भए । आफ्नो अवकाशको घोषणा गरिरहँदा बफेटले ग्रेग एबेलको निकै प्रशंसा गरेका थिए । 

वारेन बफेटले भने– ‘अब समय आएको छ कि एबेल अगाडि आउन् । म त्यति मेहनत गर्न चाहन्न जति एबेलले गर्छन् । कम्पनीले एबेलको साथमा राम्रो काम गरिरहेको छ’ बफेटले भने । बफेटले कम्पनीमा रहेको आफ्नो एक कित्ता सेयर पनि नबेच्ने बरु यी सबै आफ्नो मृत्युपछि दान दिइने कुरा गरेका छन् । 

६२ वर्षीय ग्रेग एबेल मूल रूपमा क्यानेडियन हुन् । उनको अहिलेसम्मको करियर निकै रोचक छ । १९६२ मा अल्बर्टाको एडमन्टनमा जन्मेका ग्रेगरी एडवर्ड एबेल उर्फ ग्रेग एबेल एक श्रमिक वर्गको परिवारमा हुर्केका थिए । होराशियो अल्जेर एसोसिएसन अफ डिस्टिंग्विश्ड अमेरिकन्सका अनुसार, उनले आफ्नो सुरुवाती वर्षहरू फालिएका बोतल सफा गर्ने र आगो निभाउने उपकरणहरू रिफिल गर्ने जस्ता अनौठा कामहरूमा बिताए । 

‘मेरो एउटा श्रमिक वर्गको परिवार थियो जहाँ कहिलेकाहीँ मानिसहरूसँग जागिर हुन्थ्यो र कहिलेकाहीँ हुँदैनथ्यो ।’  उनले एक एसोसिएसन भिडियोमा भनेका छन्– ‘हामी सबैले हाम्रो परिवारलाई अगाडि बढाउन कडा परिश्रम गर्‍यौँ ।’ 

यसरी बर्कशायरमा जिम्मेवारीहरू बढे । बर्कशायर ह्याथवेको कमान्ड सम्हाल्न लागेका ग्रेग एबेलले आफ्नो सुरुवाती दिनहरूमा साइकल चलाउँदै घर–घरमा विज्ञापनका पर्चाहरू पनि बाँडे । हाई स्कुल पूरा गरेपछि, उनले आफ्नो बुबाको आगो निभाउने उपकरण भर्ने कम्पनीमा काम गर्न थाले । १९८४ मा अल्बर्टा विश्वविद्यालयबाट स्नातक गरे र त्यसपछि क्यालइनर्जी नामक ऊर्जा कम्पनीमा आबद्ध भए ।

यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । १९९२ मा उनी वारेन बफेटको बर्कशायर ह्याथवेमा सामेल भए । उनी २००८ मा बर्कशायरले अधिग्रहण गरेको मिड अमेरिकन इनर्जीको सिइओ बने, जुन पछि बर्कशायर ह्याथवे इनर्जीको रूपमा चिनियो । यसपछि, उनलाई २०१८ मा बर्कशायरको उपाध्यक्ष बनाइयो र २०२१ बाट नै वारेन बफेटको उत्तराधिकारीको रूपमा मनोनीत गरियो ।

आफ्नो कामको दममा एबेल चाँडै नै बफेटको विश्वास जित्न सफल भए । ठुला सम्झौताहरू पहिचान गर्ने र ठुला जोखिमहरूबाट बच्नमा उनी माहिर थिए । बफेटले एक पटक उनको बारेमा भनेका थिए, ‘यस संसारमा धेरै बुद्धिमान मानिसहरू छन्, तर तिनीहरूमध्ये केहीले धेरै मूर्ख काम गर्छन्, तर ग्रेग एक बुद्धिमान मानिस हुन्, जसले कहिल्यै कुनै मूर्ख काम गर्दैनन् ।’ 

रिपोर्टहरूका अनुसार एबेलसँग काम गर्ने मानिसहरू प्रायः उनमा बफेटको झल्को देख्छन् । एबेलको नियुक्तिलाई लगानीकर्ता र उद्योग विज्ञहरूले सकारात्मक रूपमा हेरिरहेका छन् । 

एबेलले रेलवेदेखि खुद्रा व्यवसायसम्म बुझाई निकै गहिरो छ । उनले बर्कशायरको ठुला सम्झौताहरूमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । रिपोर्टका अनुसार आयोवाको डेस मोइन्समा बस्ने ग्रेग एबेल नेटवर्थको सम्पत्ति लगभग १ अर्ब डलर छ ।

उनी हक्कीका पारखीका हुन् । आफ्नो छोराको हक्की टोलीका प्रशिक्षक पनि हुन् । तर, बफेटले आफ्नो अवकाश र एबेलको नियुक्तिको घोषणा गरेको भएपनि कम्पनीको सञ्चालक समितिले यसलाई आधिकारिक स्वीकृति गर्न बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप