शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय

प्रधानमन्त्री र नेपालका लागि जापानी राजदूतबिच शिष्टाचार भेट

आइतबार, २१ वैशाख २०८२, १४ : ३३
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत माइदा तोरुबिच आज शिष्टाचार भेटवार्ता भएको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी भएको थियो ।     भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी रहेको सचिवालयको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप