‘ड्रेस टु इम्प्रेस’ मा ४ डिजाइनर उत्कृष्ट

काठमाडौँ । ‘ड्रेस टु इम्प्रेस’ सिजन ११ मा रोजिना भण्डारी, साहिल जङ्ग क्षेत्री, ललिता हासदा तथा करिश्मा बुचा मगर गरी चार जना डिजाइनरहरूको पहिरन उत्कृष्ट भएको छ । उनीहरू विभिन्न ४ विधामा उत्कृष्ट भएका हुन् ।
आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजना र श्री रिद्दी सिद्दी ज्वेलर्सको प्रायोजनमा शनिवार साँझ काठमाडौँमा आयोजित प्रतियोगितामा रोजिना भण्डारीले भिन्टेज ग्ल्यामर, साहिल जङ्ग क्षेत्रीले पप आर्ट एण्ड इलेक्ट्रिक इलिमेन्टस, ललिता हासदाले ट आए एण्ड द आर्टिष्ट तथा करिष्मा बुचा मगरले प्रि सीकर्स विधातर्फ सर्वोत्कृष्ट भएका हुन् ।
प्रतियोगितामा डिजाइनर समा राईले आईआईएफटी लाइक्ड लिजेण्ड च्याम्पियनको उपाधि जितिन् भने सरिता थापा मगरले आईआईएफटी स्ट्रोम्स शर्ड च्याम्पियनको उपाधि जितिन् । त्यस्तै डिजाइनर प्रजिना तुलाधरले आईआईएफटी पब्लिक च्वाइस अवार्ड जित्न सफल भइन् ।
प्यासन द लाइफ टाइम टीस्यू तथा बेरिना प्रोफेशसनलस सह–प्रायोजक रहेको प्रतियोगितामा प्रतियोगितामा फेसन डिजाइनरहरु निभा श्रेष्ठ, रोपुमा मानन्धर, राजेश धाक्वा, निशा श्रेष्ठ, सञ्जिता बराललगायत रहेका थिए ।
प्रतियोगितामा मिस नेपाल वर्ल्ड आश्मा कुमारी केसी तथा मिस नेपाल अर्थ २०२४ सुमना केसीका साथमा अभिनेत्री दीया मास्के शोस्टपरको रुपमा रहेका थिए ।
आयोजक आईआईएफटी नेपालका अध्यक्ष फुपू तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस’मा आईआईएफटी स्कुल अफ फेशन डिजाइनमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना लागि आफैँले ड्रेस बनाएर, आफैँले लगाएर आफैँ स्टेजमा प्रस्तुत गरेका थिए ।
‘ड्रेस टु इम्प्रेस’ सिजन ११ मा आईआईएफटी स्कुल अफ फेसन डिजाइनका १३७ विद्यार्थीहरूले चार वटा थिममा परिहच डिजाइन गरेका थिए । आईआईएफटी स्कुल अफ फेशन एण्ड इन्टेरियर डिजाइन काठमाडौंको बागबजार प्लाजा, हेरिटेज प्लाजा र ललितपुरको कुमारीपाटीमा सञ्चालित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने