मेडिकलबाट ठुलो परिमाणमा लागुऔषध बरामद, सञ्चालक पक्राउ

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगरस्थित एक मेडिकलबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध बरामद गरी सञ्चालकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मौलापुर नगरपालिका-४ का २९ वर्षीय जितेन्द्र साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले बताएका छन्।
आरोपी साहले विना दर्ता पछिल्लो केही महिनादेखि चेतनगरमा फार्मेसी खोलेर लागुऔषधको कारोबार गर्दै आएका थिए। साहले औषधि व्यवसायको नाममा लुकिछिपी लागुऔषधको कारोबार गर्दै आएको सूचनाको आधारमा प्रहरीले रेकी गर्दै आएको र आज छापा मारको डीएसपी राईले बताएका छन्।
आइतबार इलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले छापा मारेको हो। प्रहरीले उक्त मेडिकलबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोलका ४ हजार ५ सय क्याप्सुल बरामद गरेको छ।
आरोपी साहले भारतीय बजारबाट लुकिछिपी प्रतिबन्धित लागुऔषध ल्याएर मेडिकलमा भण्डारण गरेर राख्ने गरेका थिए। उनले यसलाई राजधानी काठमाडौँसम्म पुर्याउने गरेको अनुसन्धानबाट खुलेको डीएसपी राईले जानकारी दिएका छन्।
आरोपी साहमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
-
स्वदेश फर्किए राजेन्द्र महतो
-
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छ, राजीनामा दिने/नदिने गृहमन्त्रीमा भर पर्छ : शाही
-
लन्डन दूतावासमा ‘नेपाल नाइट’ सम्पन्न (फोटो फिचर )
-
प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालमाथि मुद्दा चलाइएको हो : शेरबहादुर कुँवर
-
‘आफ्नो भान्जा बैंकको सीईओ भएको बेलामा माधव नेपालले पतञ्जलि योगपीठ जग्गामा चलखेल गर्नुभयो’