चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न नागरिक उन्मुक्तिको माग
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले वैशाख १७ गते पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन् ।
उनले संसद्मा भनिन्, ‘प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस् । रेशम चौधरीप्रति भएको घटनाको सरकारले सार्वजनिक जवाफ देओस् ।’
चौधरीको गिरफ्तारीले संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको रञ्जिताले बताइन् । उनले भनिन्, ‘यहाँ केवल एक जनाको गिरफ्तारी होइन संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ ।’
उनले राज्यका संयन्त्रहरूमाथि प्रश्न गर्दै कसरी एउटा व्यक्तिको रिसीवीका कारण मानिसलाई दुःख दिइन्छ भन्दै आक्रोश पोखिन् । ‘सभामुख मार्फत सरकारसँग प्रश्न गर्न चाहन्छु कसरी एक निर्वाचित प्रतिनिधि, जननेता कार्यक्रम स्थलबाटै यस्तो तवरले पक्राउ पर्छन्’ रञ्जिताले भनिन्, ‘कसरी राज्यका सम्यन्त्रहरूले एक व्यक्तिको व्यक्तिगत रिसीवीलाई कानुनभन्दा माथि राख्छन् । सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु । घटनाको गहिरो अध्ययन होस् ।’
रेशमलाई राज्यले कार्यक्रम स्थलबाट कार्यक्रम सुरु हुनु पूर्व एउटा कर्मचारीको व्यक्तिगत आक्रोशका आधारमा कानुनी प्रक्रिया बिना गिरफ्तार गरेको भनाइ रञ्जिताको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण