पाकिस्तानी सेनाको डेलिगेसन नेपालमा, सांसदले उठाए प्रश्न
काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले पाकिस्तानी सेनाको ११ सदस्यीय डेलिगेसन टोली नेपाल आएको विषयमा प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सिंहले पाकिस्तानी सेनाको टोली ४ मेमा नेपाल आएको बताएका हुन् ।
सिंहले संसदमा पाकिस्तानी सेनाको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट ऐयर क्याडर सराज मन्सुर अन्सारी नेतृत्वमा नेपाल आएको समेत संसद्मा बताए ।
सांसद सिंहले संसद्मा भने, ‘नेपाल सरकारले ४ मेमा ११ जना पाकिस्तानी सेनाको डेलिगेसन बोलाएको छ । पाकिस्तानी सेनाको डेलिगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ आएको हो । ऐयर क्याडर सराज मन्सुर अन्सारी नेतृत्वमा आएको छ ।’ नेपालका छिमेकी मुलुकहरू भारत र पाकिस्तानबिच पहलगाम घटनापछि तनाव रहेको बेलामा नेपाल सरकारले डेलिगेसन बोलाएको भन्दै उनले असन्तुष्टि समेत पोखे ।
उनले असन्तुलित परराष्ट्र नीतिले नेपाल र नेपाली जनतालाई कहाँ पुर्याउला भन्दै प्रश्न समेत गरे । उनले भने, ‘नेपाल सरकारले के मेसेज दिन खोजिरहेको छ ? के हामी कसैको पक्ष लिन मिल्छ ? पाकिस्तानको मान्छे आउने टाइम नै गलत छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण