स्थानीयको गुनासोपछि मन्त्रालय तानिए महोत्तरीका प्रजिअ कवारी

काठमाडौँ । स्थानीयले गुनासो गरेपछि गृह मन्त्रालयले महोत्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लालबाबु कवारीलाई मन्त्रालय तानेको छ । वैशाख २१ गते गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णयबाट कवारीलाई तानिएको मन्त्रालयको कर्मचारी प्रशासन शाखाले जानकारी दिएको छ ।
शाखाका अनुसार उनको स्थानमा सहसचिव नारायण रिसाललाई पठाइएको छ । मन्त्रालयको कर्मचारी शाखाका स्रोतले महोत्तरीकै बासिन्दा रहेका कवारीले काममा पक्षपात गरेको गुनासो आएपछि मन्त्री लेखकले मन्त्रालय तान्ने निर्णय लिएका हुन् ।
‘उहाँ जिल्ला बासी नै हुनु हुँदोरहेछ । स्थानीयहरू आएर काममा पक्षपात भयो । निर्णय पनि निष्पक्ष लिन सक्नु भएन भनेर पटक–पटक गुनासो गरे । त्यसपछि मन्त्रीज्यूबाट तान्ने निर्णय भयो,’ कर्मचारी प्रशासन शाखा स्रोतले भन्यो । कवारीको घर जलेश्वर नगरपाकिला वडा नम्बर २ महोत्तरीमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा
-
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
निरञ्जनी अखडाका प्रमुख गिरीले भेटे देउवालाई
-
नेपाल–भारत सीमानामा ‘हाई अलर्ट’
-
रवि लामिछाने र छविलाल जोशीको निवेदनमा सुनुवाइ भएन
-
नेपालका रुग्ण उद्योगहरूलाई नयाँ मोडालिटीका साथ अघि बढाउने बढाउँछौँ : उद्योग मन्त्री