स्थानीयको गुनासोपछि मन्त्रालय तानिए महोत्तरीका प्रजिअ कवारी
काठमाडौँ । स्थानीयले गुनासो गरेपछि गृह मन्त्रालयले महोत्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लालबाबु कवारीलाई मन्त्रालय तानेको छ । वैशाख २१ गते गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णयबाट कवारीलाई तानिएको मन्त्रालयको कर्मचारी प्रशासन शाखाले जानकारी दिएको छ ।
शाखाका अनुसार उनको स्थानमा सहसचिव नारायण रिसाललाई पठाइएको छ । मन्त्रालयको कर्मचारी शाखाका स्रोतले महोत्तरीकै बासिन्दा रहेका कवारीले काममा पक्षपात गरेको गुनासो आएपछि मन्त्री लेखकले मन्त्रालय तान्ने निर्णय लिएका हुन् ।
‘उहाँ जिल्ला बासी नै हुनु हुँदोरहेछ । स्थानीयहरू आएर काममा पक्षपात भयो । निर्णय पनि निष्पक्ष लिन सक्नु भएन भनेर पटक–पटक गुनासो गरे । त्यसपछि मन्त्रीज्यूबाट तान्ने निर्णय भयो,’ कर्मचारी प्रशासन शाखा स्रोतले भन्यो । कवारीको घर जलेश्वर नगरपाकिला वडा नम्बर २ महोत्तरीमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण