लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक
मङ्गलबार, २३ वैशाख २०८२, १५ : २४
काठमाडौँ । गायिका शान्तीश्री परियारको स्वर रहेको लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ । गीतमा परियारलाई गायक सुदीप अधिकारीले साथ दिएका छन् ।
गीतमा शब्द तथा सङ्गीत सुदीप अधिकारीको रहेको छ । कमल सौरागको सङ्गीत संयोजन रहेको गीतमा कुमार राना मगरले मिक्सिङ गरेका छन् । गीत खुमन राना र सुमन रानाले रेकर्डिङ गरेका हुन् ।
गाउँले परिवेशमा ग्रामीण जनजीवन समेटिएको गीतको भिडियोमा ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय छ । लेकबेसी, गोठालो, र पानी पँधेरो गर्दा युवा युवतीबिच बसेको प्रेम भिडियोमा देखाउन खोजिएको छ ।
सुदीप बरालको छायाङ्कन रहेको गीतको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण