प्रदीप र गौरव लिएर नयाँ फिल्म बनाउँदै शर्मिला
काठमाडौँ । ‘लभ लभ लभ, आमा, परस्त्री’ जस्ता फिल्म निर्माण गरेकी निर्माता शर्मिला पाण्डे नयाँ फिल्मको तयारीमा जुटेकी छन् । उनले अभिनेता प्रदीप खड्का र गौरव विष्टलाई लिएर नयाँ फिल्म बनाउन लागेकी हुन् । फिल्मका लागि नायक प्रदीप खड्का र गौरव विष्टसँग कुराकानी भएको छ ।
प्रदीपसँग भेटपछि निर्मात्री पाण्डेले भनिन्, ‘प्रदीपजीले ६ महिनापछि समय दिन सक्छु भन्नुभयो । केही समयपछि अमेरिका गएर सुरजसँग भेट गर्ने र स्क्रिप्ट पनि सुन्ने कुरा गर्नुभएको छ । हामी फिल्मको सम्पूर्ण छायाङ्कन अमेरिकामा नै गर्छौ ।’
उनको फिल्म उनकै छोरा सुरज पाण्डेले निर्देशन गर्नेछन् । सुरजले फिल्म ‘परस्त्री’ बाट निर्देशनमा डेब्यू गरेका थिए । शर्मिलाका अनुसार यो फिल्ममा २ जना नायक हुनेछन् । गौरवलाई लिएर शर्मिलाले फिल्म ‘परस्त्री’ निर्माण गरेकी थिइन् ।
यस्तै गौरव र प्रदीपले फिल्म ‘पीताम्बर’मा पनि सहकार्य गरेका थिए । फिल्मको अन्य कलाकार छिट्टै छनौट हुनेछ । शर्मिलाले लगातार फिल्म निर्माण गरेर आफूलाई यो क्षेत्रमा स्थापित गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण