स्पार्क एड्भेञ्चरमा दुई दर्जन बढी सेलिब्रेटीको सहभागीता रहने
काठमाडौँ । सोलुखुम्बुको पत्ताले, गौरी टाप, ओखलढुङ्गाको रुम्झाटार र आसपासका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क कारले आयोजना गर्न लागेको तेस्रो स्पार्क एड्भेन्चरमा महानायक राजेश हमाल, अभिनेत्री मनिषा कोइराला, अभिनेता एवं क्याप्टेन विजय लामालगायत दर्जन भन्दा बढी कलाकार सहभागी हुने भएका छन् ।
स्पार्क एड्भेञ्चरमा गायिका आनी छोइङ डोल्मा, हास्यकलाकारद्वय सन्दीप क्षेत्री र राजा राजेन्द्र पनि सहभागी हुँदै छन् ।
त्यस्तै बिबिसी मास्टरसेफ सन्तोष शाह, फिल्म निर्देशक रामबाबु गुरुङ एवं मीन भाम, नाट्यकर्मी अनुप बराल, कवि विप्लव प्रतीक, डन डिरेक्टर अमन प्रताप अधिकारीको उपस्थिति हुने छ ।
स्पार्क एड्भेन्चरकै दोस्रो दिनको तालिकाअनुसार दिउँसो रुम्झाटारमा कन्सर्ट आयोजना गरिने स्पार्क एड्भेन्चरका संयोजक अमरदीप भट्टराईले जानकारी दिए ।
कन्सर्टमा स्थानीय कला संस्कृतिसँगै वरिष्ठ गायक दीप श्रेष्ठ, प्रेमराजा महत, राजु लामा, सुनिता दुलाल, बिमलराज क्षेत्री र आस्था रावत लगायतको साङ्गीतिक प्रस्तुति रहनेछ ।
ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्दै आएको स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म ‘गेट वे टु एभरेष्ट’ थिममा स्पार्क एड्भेञ्चर, २०२५ हुन लागेको हो ।
कार्यक्रमको पहिलो दिन वैशाख २६ गते काठमाडौँबाट गौरी टाप, पत्तालेसम्म विद्युतीय सवारीमा रोमाञ्चक यात्रा हुनेछ । पहिलो दिन गौरी टापमा टेन्ट क्याम्पमा बसाइ हुनेछ । सहभागीहरूले प्रकृतिको आनन्द उठाउँदै रैथाने परिकारको स्वाद लिनेछन् ।
चार पाङ्ग्रे सवारीमै बसेर सगरमाथा हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरी टाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो ।यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशङ्कर, ल्होत्से, मकालु, कुम्भकर्ण, कञ्चनगंगालगायतका हिमाल तथा चुचुराहरूको दृश्यावलोकन गर्न सकिन्छ ।
लालीगुराँसको घना जङ्गल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुराँस पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरी टापमा गौरीशङ्कर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ ।
दोस्रो दिन सूर्योदय र सो समयको सुनौलो हिमशृङ्खलाको दृश्यावलोकनपछि दिउँसो रुम्झाटारमा पुगिने छ । सोही दिन साँझ स्थानीय संस्कृतिसहित राष्ट्रिय कलाकारको प्रस्तुतिमा साङ्गीतिक कार्यक्रममा सहभागी पाहुना र स्थानीय रमाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण