टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
बुधबार, २४ वैशाख २०८२, २० : २३
काठमाडौँ । एक दिवसीय तथा टेस्ट क्रिकेटका भारतीय कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् ।
शर्माले इन्स्टाग्राममार्फत यस्तो घोषणा सार्वजनिक गरेका हुन् । शर्माले एक दिवसीय क्रिकेटमा भने खेल जारी राख्ने प्रस्ट पारेका छन् ।
रोहितले आफ्नो टेस्ट करिअरमा ६७ म्याच खेल्दै ४ हजार ३०१ रन बनाएका छन् । यस क्रममा उनले १८ अर्धशतक र १२ शतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको एक दोहोरो शतक पनि छ ।
एक समय क्रिकेटको तीन वटै फरम्याट ९टेस्ट, एक दिवसीय र टी–२०० मा भारतीय टिमको कप्तान रहेका शर्माले यसअघि नै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका थिए ।
यद्यपि उनले टी–२० फरम्याटकै इन्डियन प्रिमियर लिग ९आईपीएल० मा भने मुम्बई इन्डियन्सबाट खेलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण