सन्यास
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
बुधबार, २४ वैशाख २०८२, २० : २४

काठमाडौँ । एक दिवसीय तथा टेस्ट क्रिकेटका भारतीय कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् ।
शर्माले इन्स्टाग्राममार्फत यस्तो घोषणा सार्वजनिक गरेका हुन् । शर्माले एक दिवसीय क्रिकेटमा भने खेल जारी राख्ने प्रस्ट पारेका छन् ।
रोहितले आफ्नो टेस्ट करिअरमा ६७ म्याच खेल्दै ४ हजार ३०१ रन बनाएका छन् । यस क्रममा उनले १८ अर्धशतक र १२ शतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको एक दोहोरो शतक पनि छ ।
एक समय क्रिकेटको तीन वटै फरम्याट ९टेस्ट, एक दिवसीय र टी–२०० मा भारतीय टिमको कप्तान रहेका शर्माले यसअघि नै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका थिए ।
यद्यपि उनले टी–२० फरम्याटकै इन्डियन प्रिमियर लिग ९आईपीएल० मा भने मुम्बई इन्डियन्सबाट खेलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा
-
राजावादी समूहको १४ बुँदे प्रतिबद्धता पत्रमा के छ ? (पूर्णपाठसहित)
-
‘मिस एण्ड मिस्टर नेसनल’ का विजेता छानिए
-
‘अपरेसन सिन्दूर’ अझै जारी छ : भारत
-
आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुन्छ : उद्योग मन्त्री