चर्चामा ‘अपरेसन सिन्दूर’ बारे जानकारी दिने दुई महिला अधिकारी
काठमाडौँ । भारतीय सेनाले मंगलबार र बुधबारको मध्यरातमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानहरूलाई निशाना बनाएको बताएको छ ।
आतंकवादी लुकेका ठाउँहरूलाई लक्षित गरिएको सेनाले दाबी गरेको हो । अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा एक जना नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो ।
सो आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव निरन्तर बढ्दै गएको थियो । हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले कडा कारबाही गर्ने बताउँदै आएका थिए । सेनाले आफ्नो अपरेसनलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ र यसको बारेमा जानकारी दिन बुधबार बिहान सेनाका दुई महिला अधिकारीहरू पत्रकारहरूसामु उपस्थित भए ।
अहिले यी दुई अधिकारीहरुको सर्वत्र चर्चा भइरहेको छ । आखिर को हुन् त यी अधिकारीहरू ?
कर्नेल सोफिया कुरेशी
सन् २०१६ मा बहुराष्ट्रिय फिल्ड प्रशिक्षण अभ्यास भारतको पुणे सहरमा भएको थियो । एफटीएक्सको ‘फोर्स १८’ मा आसियनसहितका देशहरू समावेश थिए । यो भारतीय भूमिमा अहिलेसम्मकै सबैभन्दा ठुलो स्थल सेना अभ्यास थियो ।
यसमा ४० सैनिकको भारतीय सेनाको टोलीको नेतृत्व सिग्नल कोरकी महिला अधिकारी लेफ्टिनेन्ट कर्नल सोफिया कुरेशीले गरेकी थिइन् । त्यतिबेला, उनले यति ठुलो बहुराष्ट्रिय अभ्यासमा भारतीय सेनाको प्रशिक्षण टोलीको नेतृत्व गर्ने पहिलो महिला अधिकारी बन्ने दुर्लभ गौरव प्राप्त गरेकी थिइन् ।
कुरेशी गुजरातकी हुन् । उनले बायोकेमिस्ट्रीमा स्नातकोत्तर गरेकी छन् । कुरेशी एक सैन्य परिवारबाट नै आएकी हुन् । उनका हजुरबुबा भारतीय सेनामा थिए । उनको विवाह मेकानाइज्ड इन्फन्ट्रीका एक अधिकारीसँग भएको छ ।
सोफिया कुरेशी सन् १९९९ मा १७ वर्षको उमेरमा सर्ट सर्भिस कमिसन मार्फत भारतीय सेनामा भर्ना भएकी थिइन् । उनले छ वर्ष संयुक्त राष्ट्र शान्ति सेनामा पनि काम गरिसकेकी छन् । यसमा सन् २००६ मा कंगोमा एक उल्लेखनीय कार्यकाल समावेश थियो ।
त्यतिबेला उनको मुख्य भूमिका शान्ति कार्यहरूमा प्रशिक्षण सम्बन्धित योगदान प्रदान गर्नु थियो ।
व्योमिका सिंह
सेनाको अपरेसन सिन्दूरको बारेमा मिडियालाई जानकारी दिने दोस्रो अधिकारी विंग कमाण्डर व्योमिका सिंह हुन् । व्योमिका सिंह भारतीय वायुसेनामा हेलिकप्टर पाइलट हुन् ।
मिडिया रिपोर्टका अनुसार उनी सधैँ पाइलट बन्न चाहन्थिन् । उनको नामको अर्थ नै ‘आकाशसँग जोड्ने’ हो र यही नामले उनको महत्त्वाकांक्षालाई आकार दियो ।
व्योमिका सिंह राष्ट्रिय क्याडेट कोर अर्थात् एनसीसीमा थिइन् । उनले इन्जिनियरिङ गरेकी छन् । उनले सन् २०१९ मा भारतीय वायुसेनाको उडान शाखामा पाइलटको रूपमा पर्मानेन्ट कमिसन प्राप्त गरिन् ।
व्योमिका सिंहले २५०० घण्टाभन्दा बढी उडान भरेकी छन् । उनले जम्मू कश्मीर र उत्तर–पूर्वी भारतमा कठिन परिस्थितिमा चेतक र चिता जस्ता हेलिकप्टर उडाएकी छन् ।
उनले धेरै उद्धार कार्यहरूमा पनि महत्त्वपूर्ण भूमिका खेलेकी छन् । यी मध्ये एउटा अपरेसन नोभेम्बर २०२० मा अरुणाचल प्रदेशमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण