भारतमा घट्दा पाकिस्तानमा बढ्यो सेयर बजार

काठमाडौँ । पछिल्लो समय भारत र पाकिस्तानको सम्बन्ध निकै बिग्रिएको छ । अप्रिल २२ मा जम्मु कश्मिरको पहलगाममा आतंकवादीहरूले २६ जना पर्यटकहरूको हत्या गरेयता दुवै देश एक अर्कासँग प्रतिशोध लिइरहेका छन् ।
यसैबिच भारतले पहलगाम आक्रमणको बदला लिँदै गरेको हमलाको जवाफमा बिहीबार राति पाकिस्तानले भारतमाथि ड्रोन र मिसाइल आक्रमण गर्यो । सीमामा देखिएको तनावको असर यति बेला भारतीय सेयर बजारमा देखिएको छ ।
शुक्रबारको कारोबारमा भारतको मुख्य सेयर परिसूचक बीएसई सेन्सेक्स रातोमा आयो । कारोबार बन्द हुँदा बीएसई सेन्सेक्स ८८० अङ्कले घेर ७९ हजार ४५४ दशमलव ४७ अङ्कमा आएर बन्द भएको थियो ।
यो अघिल्लो दिन कारोबार बन्द हुँदाको तुलनामा १ दशमलव शून्य ९ प्रतिशत कम हो । उता, अर्को प्रमुख शेयर परिसूचक निफ्टी पनि १ दशमलव १० प्रतिशतको कमी सहित २५ हजार ८ अङ्कमा खुम्चिएको थियो । दुई देशबिचको तनावका कारण शुक्रबार लगातार दोस्रो दिन पनि भारतीय सेयर बजार रातोमा रह्यो ।
तर, पाकिस्तानमा भने सेयर बजार शुक्रबार हरियोमा थियो । कराँची स्टक एक्सचेञ्ज १ दशमलव ७४ प्रतिशतले बढ्दै १ लाख ४ हजार ४६० दशमलव २५ अङ्कमा पुगेर बन्द भएको थियो ।
अघिल्लो दिन ७ दशमलव २ प्रतिशतसम्म घटेपछि कराँची स्टक एक्सचेञ्जमा कारोबार नै रोक्का गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् राशिफल
-
यसरी फिर्ता हुँदै छ लिच्छविकालीन इखा पुखु (तस्बिरहरू)
-
रुपन्देहीमा पेस्तोलसहित दुई युवा पक्राउ
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै