भारतमा घट्दा पाकिस्तानमा बढ्यो सेयर बजार
काठमाडौँ । पछिल्लो समय भारत र पाकिस्तानको सम्बन्ध निकै बिग्रिएको छ । अप्रिल २२ मा जम्मु कश्मिरको पहलगाममा आतंकवादीहरूले २६ जना पर्यटकहरूको हत्या गरेयता दुवै देश एक अर्कासँग प्रतिशोध लिइरहेका छन् ।
यसैबिच भारतले पहलगाम आक्रमणको बदला लिँदै गरेको हमलाको जवाफमा बिहीबार राति पाकिस्तानले भारतमाथि ड्रोन र मिसाइल आक्रमण गर्यो । सीमामा देखिएको तनावको असर यति बेला भारतीय सेयर बजारमा देखिएको छ ।
शुक्रबारको कारोबारमा भारतको मुख्य सेयर परिसूचक बीएसई सेन्सेक्स रातोमा आयो । कारोबार बन्द हुँदा बीएसई सेन्सेक्स ८८० अङ्कले घेर ७९ हजार ४५४ दशमलव ४७ अङ्कमा आएर बन्द भएको थियो ।
यो अघिल्लो दिन कारोबार बन्द हुँदाको तुलनामा १ दशमलव शून्य ९ प्रतिशत कम हो । उता, अर्को प्रमुख शेयर परिसूचक निफ्टी पनि १ दशमलव १० प्रतिशतको कमी सहित २५ हजार ८ अङ्कमा खुम्चिएको थियो । दुई देशबिचको तनावका कारण शुक्रबार लगातार दोस्रो दिन पनि भारतीय सेयर बजार रातोमा रह्यो ।
तर, पाकिस्तानमा भने सेयर बजार शुक्रबार हरियोमा थियो । कराँची स्टक एक्सचेञ्ज १ दशमलव ७४ प्रतिशतले बढ्दै १ लाख ४ हजार ४६० दशमलव २५ अङ्कमा पुगेर बन्द भएको थियो ।
अघिल्लो दिन ७ दशमलव २ प्रतिशतसम्म घटेपछि कराँची स्टक एक्सचेञ्जमा कारोबार नै रोक्का गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण