नीति तथा कार्यक्रमबारे प्रभु साहको टिप्पणी : यो त डायबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै हो
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले ल्याएको नीति तथा कार्यक्रम ‘डायबिटिजको बिरामीलाई मिठाई खुवाएको’ आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद साहले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने ,‘यो नीति तथा कार्यक्रमलाई मैले एक शब्दमा भन्नुपर्दा डायबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै हो, राज्यको उच्च ओहोदामा बस्नेहरुले खुलेआम लुट्ने अनि भ्रष्टाचार गरेको पैसा विदेशमा थुपार्ने, अहिलेको मूल प्रवृत्ति भएको छ । लुटको पैसा, भ्रष्टाचारको कालो धन रोक्छौं र फिर्ता ल्याउँछौं भनेर प्रतिबद्धता हुनुपर्दथ्यो । त्यसरी नीति आउनुपर्दथ्यो । तर, यहाँ त ठीक उल्टो भएको छ, खुलेआम लैजानुहोस् भन्नेखालको नीति तथा कार्यक्रम देखिन्छ ।’
विदेशमा श्रममा रहेका लाखौं युावहरुले आफ्नो खुन–पसिना चुहाएर कमाएको पैसा नेपाली जनताको लागि हो कि भ्रष्टाचारीहरुको लागि हो ? भन्दै पूर्वमन्त्री साहले प्रश्न गरे ।
उनले नेपाल प्राकृतिक रुपमा धनी र स्वर्ग भएको बताए । तर नेताहरुको कार्यले देश बदनाम बनिरहेको उनको भनाइ थियो ।
उनले गाउँघरमा आजपनि दुई बिघामा बगैंचा लगाउँदा एउटा परिवार चल्ने आम्दानी हुने गरेको भन्दै जंगलको रक्षाको लागि अरबौंमा लगानी गर्दापनि एक अर्बपनि आम्दानी गर्न नसकेकोमा आलोचना गरे । आक्रोश पोख्दै उनले भने,‘के हाम्रो प्राकृतिक सम्पदा, साधन नेताहरु र उनीहरुको आसेपासेको लागि हो ? हाम्रो खुन अनि पसिना ? हामीले सोध्ने कि नसोध्ने ?’
नेपाल जलस्रोतमा पनि विश्वकै दोस्रो धनी देश भएको उल्लेख गर्दै नदीबाट कति आम्दानी आएको छ ? भनेर प्रश्न तेर्साए । उनले भने,‘आज पानी किनेर खानुपरेको छ, बालुवा, गिट्टी, ढुंगा किन्नुपरेको छ, नदी हाम्रो होईन ?’
उनले देशको जम्मा भूभागको २५ प्रतिशत जग्गा नेपाली जनताले उपयोग गरेको तथ्यांक पेश गर्दै साहले त्यो २५ प्रतिशतको उपयोगबाट झण्डै ६० प्रतिशतको जीवन निर्वाह भएको बताए । उनले भने,‘नेपालमा जति भूभाग छ, त्यसको २५ प्रतिशत नेपाली जनताले जोतिरहेका छन्, नेपाली जनताले जोत्दा झण्डै ६० प्रतिशतको जीवन चल्ने, जिडिपीमा एक तिहाई योगदान पनि हुने, तर नेपाल सरकारको मातहातमा रहेको ३० प्रतिशत जग्गा छ, त्यसको आम्दानी कति आयो ? हामीले सोध्ने कि नसोध्ने ? यो जग्गाबाट यति आम्दानी गर्छु वा उपयोग यसरी गर्छु भनेर प्रतिबद्धता आउनुपर्ने होईन र ?’
राज्यले लुटकारी चरित्रलाई नै बढावा दिनेगरि नीति तथा कार्यक्रम ल्याएको समेत उनले जिकिर गरे । । उनले नेपालमा कर आतंकपनि उस्तै रहेको चित्रण गरे । उनले भने,‘करको कारणले हाम्रो उद्योग धराशयी हुँदैछ । व्यापार तथा व्यवसाय चौपट हुँदैछ ।’
उनले खुला सिमानालाई वरदान बनाउन सकिने पनि सुझाए । उनले अहिलेको नीति तथा कार्यक्रमले जनतालाई निराशा बनाउने काम गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण