आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

सोमबार, २९ वैशाख २०८२, १९ : ३३
सोमबार, २९ वैशाख २०८२

हुम्ला । राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयको टोली गाउँगाउँमा पुगेको छ । पछिल्लो समय सरकारले सबै निकायमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेपछि जिल्ला प्रशासनको आग्रहमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलीले जिल्लाको तल्लो क्षेत्र ताँजाकोटबाट शिविर सञ्चालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रबहादुर चन्दले बताए । 

यही वैशाख २८ गते आईतबारबाट सुरु गरिएको राष्ट्रिय परिचयपत्रको विवरण प्रविष्ट गर्नेसम्बन्धी सेवा गाउँगाउँमा पु(याएर हुम्ली बासी आमाबुवा, दिदी बहिनी तथा दाजुभाईका घरदैलोमा सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको उनले बताए । 

उक्त शिविर जिल्लाका सात वटै गाउँपालिकामा सञ्चालन गर्ने भएकाले राष्ट्रिय परिचयपत्र नभएका सबै नागरिकले आवश्यक पर्ने सक्कलै कागजात दुरुस्त गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको छ ।

कुन गाउँपालिकामा कति दिन बस्ने भन्ने कार्यतालिका नभए पनि गाउँपालिकाको आवश्यकताका आधारमा शिविर सञ्चालन गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप