बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

जनमत पार्टीकी सांसदले दिइन् राजीनामा

मङ्गलबार, ३० वैशाख २०८२, ११ : ५१
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट जनमत पार्टीको सांसद गीता गुरुङले राजीनामा दिएकी छिन् ।

पदमा बसेर जनताका लागि केही गर्न नसकिएको भन्दै उनले जनताको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नदेखिएकोले पदबाट राजीनामा दिएको उल्लेख गरेकी  छिन् । 

उनले प्रदेश सभाका सभामुखसमक्ष दिएको राजीनामा पत्रमा भनेकी छिन्-'देशको परिस्थिति बारे श्रीमानलाई अवगत नै होला तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आस गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा दाजुभाइ दिदी बहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ ।’

देश र जनताको पिर मर्का राम्री बुझेको उल्लेख गर्दै उनले देश जनता भन्दामाथि कोही नहुने बताएकी छिन् । उनी समानुपातिक तर्फबाट संसद् चुनिएकी थिइन् । 

जनमत पार्टीकी सांसद हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ - सं ।

495268024_4027899614158006_2281030082924695036_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप