राजनीति
जनमत पार्टीकी सांसदले दिइन् राजीनामा
मङ्गलबार, ३० वैशाख २०८२, ११ : ५१
काठमाडौँ । लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट जनमत पार्टीको सांसद गीता गुरुङले राजीनामा दिएकी छिन् ।
पदमा बसेर जनताका लागि केही गर्न नसकिएको भन्दै उनले जनताको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नदेखिएकोले पदबाट राजीनामा दिएको उल्लेख गरेकी छिन् ।
उनले प्रदेश सभाका सभामुखसमक्ष दिएको राजीनामा पत्रमा भनेकी छिन्-'देशको परिस्थिति बारे श्रीमानलाई अवगत नै होला तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आस गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा दाजुभाइ दिदी बहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ ।’
देश र जनताको पिर मर्का राम्री बुझेको उल्लेख गर्दै उनले देश जनता भन्दामाथि कोही नहुने बताएकी छिन् । उनी समानुपातिक तर्फबाट संसद् चुनिएकी थिइन् ।
जनमत पार्टीकी सांसद हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ - सं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण