मेक्सिकोमा मेयरको उम्मेदवारसहित चार जनाको गोली हानी हत्या
मेक्सिको सिटी । मेक्सिकोमा मेयर पदका उम्मेदवार सहित चार जनाको गोली हानी हत्या गरिएको छ । मेयर पदका उम्मेदवार येसेनिया लारा गुटेरेजमाथि चुनाव प्रचार प्रसारका क्रममा गोली प्रहार भएको थियो ।
मेयर उम्मेदवारको हत्याको घटना फेसबुकमा पोस्ट गरिएको लाइभ स्ट्रिमिङमा रेकर्ड गरिएको थियो । भिडियोमा, येसेनिया लारा गुटेरेज आफ्नो अभियानको क्रममा मानिसहरूलाई भेटिरहेको देखिन्छिन् । यस क्रममा उनका समर्थकहरूले उनलाई घेरेका थिए ।
गुटेरेज मानिसहरूलाई भेट्दै सडकमा हिँडिरहेकी थिइन् । यसैबिच आक्रमणकारीहरूले उनीमाथि गोली चलाए । यस अवधिमा कुल २० राउन्ड गोलीबारी भएको थियो, जसमा मेयरका उम्मेदवार सहित कुल चार जनाको मृत्यु भएको थियो । यो घटना मेक्सिकोको भेराक्रुजमा भएको हो । मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउमले आक्रमणको पुष्टि गरेकी छिन् । उनले हत्याको कारण अझै स्पष्ट नभएको बताए । यसको छानबिन भइरहेको छ ।
येसेनिया गुटिएरेज मेक्सिकोका राष्ट्रपतिको पार्टी मोरेना पार्टीकी सदस्य थिइन् । गोलीबारीको घटनामा कूल चार जनाको मृत्यु भएको छ भने अरू तीन जना घाइते भएका छन् । मेयर पदको लागि जुन १ मा मतदान हुँदै थियो । अनुसन्धान एजेन्सीहरूले हत्या प्रकरणको अनुसन्धान सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
पातपतिङ्गरबाट प्राङ्गारिक मल
-
पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा
-
पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि
-
फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण