राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौँ : सांसद सिंह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोक्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा मंगलबार बोल्दै संघको बजेट आउनु भन्दा पहिला ७७ जिल्लामै जिल्ला दर रेट कायम गर्नुपर्ने भन्दै दर रेट कायम गर्दा अर्बौँ रुपैयाँको भाग कर्मचारीदेखि नेतासम्म पुग्ने गरेको उल्लेख गरे ।
उनले भने, ‘संघको बजेट आउनु भन्दा पहिला ७७ जिल्लामै जिल्ला दर रेट कायम गर्नुपर्छ । त्यही दर रेट कायम गर्दा अर्बौँ रुपैयाँको भाग कर्मचारीदेखि नेतासम्म पुग्ने गर्दछ । रट, सिमेन्ट, आदिमा दर रेट कायम गर्दा राजश्व कार्यालयलाई पनि राय लिन राख्नुपर्दछ । ग्यापिङ बक्स उद्योगले बेच्ने रेट २ सय ३० रुपैयाँ छ भने जुन निकायले गरेको दररेट ३ सय २८ रुपैयाँसम्म पुगेको छ, स्कवायरमिटरमा । त्यस कारण नीतिगत भ्रष्टाचार रोक्नुपर्छ । राजश्व कार्यालयसँग राय लिएपछि मात्रै दर रेट कायम गर्न अनुरोध गर्न चाहन्छु ।’
राजश्व कार्यालयसँग राय लिएपछि मात्रै दर रेट कायम गर्न उनको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण