‘बिचौलियाको चलखेलका कारण सरकारले गभर्नर नियुक्त गर्न सकेन’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बिचौलियाको चलखेलका कारण सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको आरोप लगाएका छन् । मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले गभर्नरको विषयलाई राजनीतिकरण गरिएको समेत बताएका हुन् ।
समयमा नै गभर्नर नियुक्त गर्न नसक्नुले राजनीतिक दलहरूले देश सञ्चालन गर्छ वा अरु कसैले भन्ने कुरा प्रस्ट हुँदै गएको उनले बताए । पुनले राष्ट्र बैंकको डेपुटी गभर्नर वा मौद्रिक नीतिमा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई गभर्नर बनाउने गरिँदै आएकोमा अहिले स्वार्थ समूहले रुचाएका व्यक्तिलाई गभर्नर बनाउने प्रयास भइरहेको आरोप लगाए । स्वार्थ समूहसँग कुरा नमिल्दासम्म गभर्नर नियुक्त हुने नदेखिएको उनको भनाई थियो ।
उनले पार्टीको कार्यकर्ता वा स्वार्थ समूहको व्यक्तिलाई गभर्नर बनाए देशको अर्थतन्त्र चल्न नसक्ने जिकिर गरे । विज्ञता हासिल भएका व्यक्तिलाई गभर्नर बनाउन उनले सरकारलाई सचेत गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण