नियन्त्रणमा आयो मखन टोलको आगलागी, एक जनाकाे मृत्यु (तस्बिरहरू)
बुधबार, ३१ वैशाख २०८२, ०९ : ३४
सारांश
- काठमाडौंको मखन टोलमा बिहान भएको आगलागी नियन्त्रणमा लिइयो।
- आगलागीमा परी एक महिलाको मृत्यु भएको छ, उनको सनाखत हुन बाँकी छ।
- ग्याँस लिक भई दयाराम श्रेष्ठको घरमा आगलागी सुरु भएको थियो, जसले छिमेकी घरमा पनि क्षति पुर्यायो।
- ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
काठमाडौँ । काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । बिहान ६ः५० मा सुरु भएको आगलागी बिहान ८:१५ मा मात्र नियन्त्रणमा आएको हो ।
काठमाडौँ उपत्यकाका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेको काठमाडौँ प्रहरी प्रवक्ता अपिल राज बोहराले रातोपाटीलाई जानकारी दिए ।
सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको थियो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा सल्किएको थियो । आगोबाट यी दुई घरमा क्षति भएको छ ।
जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र बालाजु औद्योगिक क्षेत्रको गरी ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।
_dnVUgROB3w.jpg)
_H14fowedHN.jpg)
_NeeCbqJKmB.jpg)
_jvu9ST4wRa.jpg)
_MAMBImeP2t.jpg)
_a3ln92RKUb.jpg)
_b4DKvFw6dp.jpg)
_8vHTYO3Mq2.jpg)
_s55ckIromG.jpg)
_hFXNq5SRlh.jpg)
_t9kJvEsJhj.jpg)
_AzlvhRaBGG.jpg)
_Wh2cve30I0.jpg)
_ZNErWZJ0t5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण