सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

नियन्त्रणमा आयो मखन टोलको आगलागी, एक जनाकाे मृत्यु (तस्बिरहरू)

बुधबार, ३१ वैशाख २०८२, ०९ : ३४
बुधबार, ३१ वैशाख २०८२

समाचार सारांश

  • काठमाडौंको मखन टोलमा बिहान भएको आगलागी नियन्त्रणमा लिइयो।
  • आगलागीमा परी एक महिलाको मृत्यु भएको छ, उनको सनाखत हुन बाँकी छ।
  • ग्याँस लिक भई दयाराम श्रेष्ठको घरमा आगलागी सुरु भएको थियो, जसले छिमेकी घरमा पनि क्षति पुर्‍यायो।
  • ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

काठमाडौँ । काठमाडौँ महानगरपालिका– २४ स्थित मखन टोलमा आज बिहान  भएको आगलागी नियन्त्रणमा आएको छ । बिहान ६ः५० मा सुरु भएको आगलागी बिहान ८:१५ मा मात्र नियन्त्रणमा आएको हो । 

काठमाडौँ उपत्यकाका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेको काठमाडौँ प्रहरी प्रवक्ता अपिल राज बोहराले रातोपाटीलाई जानकारी दिए ।

सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको थियो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले  पक्की घरमा सल्किएको थियो । आगोबाट यी दुई घरमा क्षति भएको छ ।

जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र  बालाजु औद्योगिक क्षेत्रको गरी  ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको  हो । 

makhan tol aago (2)makhan tol aago (3)makhan tol aago (4)makhan tol aago (5)makhan tol aago (6)makhan tol aago (7)makhan tol aago (8)makhan tol aago (9)makhan tol aago (10)makhan tol aago (11)makhan tol aago (12)makhan tol aago (13)makhan tol aago (14)makhan tol aago (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप