‘सी’ डिभिजनमा झर्यो इटालियन सिरिएको पूर्वविजेता साम्पडोरिया
काठमाडौँ । इटालियन फुटबलमा गौरवशाली इतिहास बोकेको क्लब साम्पडोरिया यो सिजन रेलिगेसनमा परेर ‘सी’ डिभिजनमा झरेको छ । स्थापनको ७९ वर्ष लामो इतिहासमा साम्पडोरिया पहिलो पटक ‘सी’ डिभिजनमा खस्किएको हो ।
साम्पडोरियाको स्थापना सन् १९४६ को अगस्तमा भएको हो । इटालियन सिरि ‘बी’ प्रतियोगिताको मंगलबार राति खेलिएको खेलमा जुभे स्टाबियासँग गोलरहित बराबरीमा रोकिएसँग साम्पडोरिया ‘सी’ डिभिजनमा झरेको हो ।
साम्पडोरिया इटालियन सिरिएको उपाधिसमेत जितिसकेको क्लब हो । साम्पडोरियाले सन् १९९०–९१ सिजनमा इटालियन सिरिएको उपाधि उचालेको थियो । पछिल्लो समय साम्पडोरियाको प्रदर्शन निकै निराशाजनक देखिन्छ ।
सन् २०२२–२३ सिजनको अन्त्यमा इटालियन सिरिएबाट रेलिगेसनमा परेदेखि साम्पडोरियाले निरन्तर सिरि ‘बी’ प्रतियोगिता खेल्दै आएको थियो । यसपटक साम्पडोरिया सिरि ‘बी’ बाट पनि तेस्रो डिभिजनको लिगमा झरेको छ ।
साम्पडोरियाको व्यवस्थापनले टोलीको स्तर सुधार्न सन् २०२३–२४ सिजनमा आफ्नो समयका चर्चित खेलाडी आन्द्रे पिर्लोलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो । पिर्लो इटालीलाई विश्वकप जिताउने टोलीका खेलाडी हुन् । तर, पिर्लोको प्रशिक्षकत्वमा पनि साम्पडोरियाले चमत्कार गर्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण